साउन अन्तिम साताबाट सानी खिचिने

saniकाठमाडौं । एनपी फिल्मस् प्रालिको ब्यानरमा ‘सानी’ बन्ने भएको छ । फिल्मको ‘दिन दिनै छोटिँदै छ फरियाको नाप’ बोलको गीतको हालै राजधानीको अनामनगरस्थित गुञ्जन स्टुडियोमा रेकर्डिङ गरिएको छ । गीतमा गायिका सुजता उपाध्यायले स्वर दिएकी छन् । सचिन गिरीको संगीत रहेको गीतमा राजेशपायल राई, सुजता उपाध्याय, दर्शना महर्जनका साथै एउटा गीतमा नायिका जेनिसा केसीको स्वर समेटिनेछ ।

साउनको अन्तिम साताबाट छायांकन सुरु हुने फिल्ममा नरेन्द्र महर्जन र दुर्गा विष्टको संयुक्त लागानी रहनेछ । सामाजिक कथावस्तु रहेको फिल्मका कलाकार फाइनल भइसकेका छैनन् । (सौस)

प्रतिक्रिया