काठमाडौं । स्टार वन इन्टरटेनमेन्ट प्रालिले प्स टु अध्ययनरत किशोरीबीच सौन्दर्य तथा प्रतिभामूलक प्रतियोगिता ‘मिस टिन प्लस टु’ गराउने भएको छ । प्रतियोगिता साउन २० राजधानीको राष्ट्रिय नाचघरमा हुँदै छ ।
आयोजक स्टार वन इन्टरटेनमेन्टकी पूजा निरौलाले प्लस टुमा अध्ययनरत छात्रामा अन्तर्निहीत प्रतिभाको उजागर गर्न तथा भविष्यको मार्ग निर्धारणमा सघाउन प्रतियोगिता गर्न लागेको बताइन् । प्रतियोगिताअन्तर्गत राजधानीका विभिन्न कलेजमा अध्ययनरत डेढ दर्जन किशोरी अन्तिम स्पर्धामा उत्रँदै छन् ।
प्रतियोगी किशोरी कोरियोग्राफर अश्विनी झाले कोरियोग्राफी गरिरहेका छन् भने नयाँ वानेश्वरको होटल रानी महलमा मास फेसिङ, ग्रुमिङ, फेसन कोरियोग्राफी, डान्स, मेकअप, नेतृत्व क्षमता, व्यक्तित्व विकास, आर्टसलगायत प्रशिक्षणरत छन् ।
प्रतियोगितामा सहभागी किशोरीहरूलाई पूर्ण छात्रवृत्ति, विदेशमा अध्ययनका लागि निःशुल्क प्रक्रियाको व्यवस्था, आइयल्ट्स वा टोफल्स अध्ययनको व्यवस्था मिलाइएको आयोजकले जनाएको छ । रिबन इन्टरटेनमेन्ट प्रालिको इभेन्ट मेनेजमेन्टमा सम्पन्न हुने प्रतियोगिताको अन्तिम स्पर्धामा रेणु सुवेदी, जस्मिन माझी, श्रेया आचार्य, देवयानी श्रेष्ठ, अश्मिता रिजाल, झरना लुइँटेल, पूजा श्रेष्ठ, सुचना कोइराला, सपना श्रेष्ठ, मनिता भुजेल, वर्षा सुब्बा, लुना लुईंटेल, सुदीक्षा भट्टराई, रजनी रावत, ओजश्वी जोशी, निक्की थापा र जिया मल्लले स्पर्धा गर्दै छन् ।
प्रतियोगिताबाट मिस टिन प्लस टुका साथमा फस्ट, सेकेन्ड, थर्ड र फोर्थ रनर्सअप तथा वेस्ट पर्सनालिटी, मिस क्याटवक, वेस्ट आर्टवर्क, वेस्ट स्माइल, वेस्ट हेयर, वेस्ट स्किन, मिस ट्यालेन्ट, मस्ट फ्रेन्डली, मिस कन्जिनियालिटी, ब्युटी विथ पर्पस, मिस फोटोजेनिक, मिस मेनेजमेन्ट च्वाइस, भिवर्स च्वाइस, फेसबुक च्वाइस, मोस्ट पपुलरलगायत उपउपाधि प्रदान गरिने आयोजकले जनाएको छ । (सौस)
प्रतिक्रिया