मुमबई, १२ वैशाख । दुई साताअघि बलिउडकी फेसन आइकल सोनम कपुर लेह–लद्दाख छुट्टिमा घुम्न गइन् । त्यस क्रममा त्यहाँको बौद्ध गुम्बामा उनले केही भिक्षु (बौद्ध गुरु) सँग पनि भेटघाट गरिन् । त्यहाँका भिक्षुहरूले सोनमलाई आइप्याड, आइफोनजस्ता गजेटबाट टाढा रहन सुझाव दिएको बताइएको छ । सोनमले पनि यो सुझावलाई सकारात्मक रूपमा लिइएको बताइएको छ । त्यसैले अबदेखि सोसल मिडियाबाट दुई–चार दिनको अनन्तरमा ब्रेक लिने उनले निर्णय लिएकी छन् ।
त्यसो त सोनम कपुर अप्mना फ्यानसँग ट्विटर र इंस्टाग्रामद्वारा सधँजसो सम्पर्कमा रहने गर्छिन् । यी सोसल मीडियामार्पत उनी आप्नाबारे धेरै कुरा प्यानसँग सेयर गर्छिन् । उनी फोटाहरू पनि तत्कालै अपलोड गर्छिन् ।
सोनमका ‘स्पोक्सपर्सन’ का अनुसार भिक्षुहरूको सुझावपछि सोनमले उक्त भ्रमणका धेरै फोटो पोस्ट गरेकी छैनन् । उनका अनुसार भिक्षुहरूसँगको भेटपछि सोमन घुम्न निस्कँदा आप्mनो मोबाइल होटलमै छाडेर निस्कने गर्थिन् । सोनमका ‘स्पोक्सपर्सन’ का अनुसार सेप्टेम्बरमा उनी दक्षिणपूर्वी एसियाको भ्रमणमा जाँदै छन् । उक्त भ्रमणमा सोनमले कुनै ग्याजेट नलाने निर्णय गरेकी छन् ।
प्रतिक्रिया