बबी क्रिस्टिना ब्राउनको निधन

amerikiकाठमाडौं, १२ साउन । अमेरिकाको चर्चित टेलिभिजन ‘रियोलिटी सो’ एवं चर्चित गायिका ‘बबी क्रिस्टिना ब्राउन’ को २२ वर्षको उमेरमा निधन भएको छ । ६ महिनाअघि आफ्नै घरको ‘बाथटब’ मा बेवारिसे अवस्थामा फेला परेकी ब्राउन त्यसपछि कोमा थिइन् । भेन्टिलेटरमा उनको उपचार भइरहेको थियो । सोमबार उनको मृत्य भएको घोषणा गरिएको छ ।

उनकी आमा ह्विट्नी हस्टन पनि सन् २०१२ उनी जस्तै बाथटबमा मृत फेला परेकी थिइन् । उनकी आमा अमेरिकाको चर्चित गायिका तथा मोडल थिइन् । बबीका पिता बबी ब्राउन पनि अमेरिकाका चर्चित गायक, र्‍यापर एवं अभिनेता हुन् । ब्राउन र ह्विस्टनले २००७ मा पारपाचुके गरेका थिए ।
क्रिस्टिनाको मृत्युपछि परिवारले भनेको छ, ‘उनी अन्ततः भगवान्को हातमा सुम्पिएकी छिन् । लामो समयदेखि समवेदना र माया देखाउने सबैलाई हामी फेरि धन्यावाद दिन चाहन्छौँ ।’ बबी क्रिस्टिनाले आमासँगै ६ वर्षको उमेरदेखि गीत गाउन सुरु गरेकी थिइन् । उनले सन् २००५ मा ‘बिइङ बबी ब्राउन’ नामका टेलिभिजनबाट टेलिभिजन करियर सुरु गरेकी थिइन् भने अमेरिकाको चर्चित टेलिभिजन सो ‘द ओप्रा बिन्फ्रे सो’ र ‘ओप्रा नेक्स्ट च्याप्टर’ मा ओप्रा बिन्फ्रेसँग पनि काम गरेकी विभिन्न समाचार एजेन्सीले जनाएका छन् ।

प्रतिक्रिया