कानुनले नै जन्माएका ठगहरू

GroupCroppedसाधारण गृहिणीका लागि एकैचोटी ठूलो रकम पाउनु भनेको साधारण कुरा होइन । यदि कसैले यो मौका पाउँछ भने पक्कै पनि उसले यसका लागि केही गर्ने जमर्को गर्दछ । यही जमर्कोस्वरूप ढुकुटी प्रथाले समाजमा जरो गाडेको पाइएको छ ।
एकैचोटी ठूलो रकम लिएर आफ्ना सम्पूर्ण आवश्यकता पूरा गर्ने अभिलाषास्वरूप ‘ढुकुटी खेल्ने’ परम्पराको सुरुवात भएको हो । हरेक महिना एउटा निश्चित रकम दिने र आफूलार्ई चाहिएका बेला एकमुष्ठ रकम पाउने आशमा महिलाहरू ढुकुटीप्रति आकर्षित भएका हुन् । एउटा सपना बुनेर सुरुवात गरिएको यो परम्पराले हाल धेरै महिलाको जीवन बर्बाद गरिदिएको छ । कतिपय महिलालार्ई उनीहरूका श्रीमान्ले छोडेर बिचल्ली पारदिएको घटना धेरै छन् भने कति महिलाले ढुकुटीको कारण आफ्नो ज्यानसमेत गुमाउन बाध्य छन् । कतिपय महिला ढुकुटीको कारण आफ्नै घरमा मानसिक यातनाको साथ दिन बिताउन बाध्य छन् ।
साधारण घरेलु महिला महिनामा जसरी पनि आफ्नो किस्ता बुझाउनुपर्छ भनेर किस्ताको व्यवस्था गर्ने गर्छन् । आफ्नो सुन बन्धकीमा राखेर हुन्छ कि अरू कसैसँग सापटी लिएर भए पनि ढुकुटीको किस्ता बुझाउँछन् भने त्यही ढुकुटी खेलाउने बाठी महिला चाहिँ साधारण महिलाहरूलार्ई ठग्ने कार्यमा व्यस्त देखिन्छन् ।
मैतिदेवीकी सुनिता पनि त्यस्तै वर्गमा पर्छिन् । जसले कानुनको आडमा ठग्दै हिँड्ने गरेकी छिन् । दुई लाख रुपैयाँको ढुकुटी खेलाउने उनले पीडितलार्ई एक पैसा पनि दिएकी छैनन् । पैसा मागेमा उनी सिधै पुलिसकहाँ जाउ भनेर उल्टै धम्क्याउँछिन् । यस्तो धम्कीले पीडित एक महिला पुलिसकहाँ रिपोर्ट दर्ता गर्न वा उजुरी दिन गएकी थिइन् । तर, पुलिसले ठग र पीडितलार्ई सँगै राखेर कुराकानी गराए पनि अन्त्यमा पुलिसले पीडितसँग प्रमाण छैन भनेर रिर्पोट दर्ता गर्न नमानेका कारण ठग सजिलै छुटेको थियो ।
ढुकुटीको केसमा प्रायः ठग जन्मने मुख्य कारण नै कानुन भएको देखिन्छ । पुलिसले ढुकुटीको केसमा कानुन छैन भनेर पीडितलार्ई पन्छाउने गरेको कारण नै ठगहरूको हौसला बढेको छ ।
सुनिताको केसमा पनि त्यही कुरा लागु गरिएको छ । ठगले आफूले पैसा लिएको स्वीकार्दा स्वीकार्दै पनि पुलिसले पीडकसँग कुनै प्रमाण नभएको उल्लेख गर्दै ठगलार्ई फरार गराएको छ ।
काठमाडौं प्रहरी प्रमुख शिवप्रसाद पोख्रेलले ढुकुटीको केसमा प्रमाण नहुने भएकाले केस लिन नमिल्ने बताए । उनले नेपाली समाजमा लेनदेन विश्वासको भरमै गरिने हुँदा यस्तो समस्या आएको बताउँदै ढुकुटीको केस पनि यस्तै किसिमको हुने हुनाले प्रहरीले हेर्न नमिल्ने जानकारी दिए ।
सबै अपराधको प्रमाण हुन्छ भन्ने हुँदैन । प्रमाण खोज्ने काम प्रहरीको हो । तर, ठगले आफूले रकम लिएको स्वीकार्दा स्वीकार्दै पनि पुलिसले प्रमाण छैन भन्दै ठगलार्ई सजिलै फुत्कन दिनु कहाँको न्याय हो ? पीडित भन्छिन्, ‘मैले सुनितालार्ई महानगरीय प्रहरी प्रभाग गौशालासम्म पु¥याएको हो । तर, पुलिसले सोधपुछ गरेपछि सुनिताले पैसा लिएको स्वीकार्दा स्वीकार्दै पनि प्रमाण नभएकाले रिर्पोट लेख्न नमानेपछि केस त्यसै रह्यो ।
पोखरेल भन्छन्, ‘पीडित ढुकुटीको केस लिएर गयो भने ऊ पीडित हुँदैन, ऊ पनि गैरकानुनी नै हुन्छ र उसलार्ई गैरकानुनी काम गरेकोमा कारबाही हुन्छ । यसरी ठगलार्ई कानुनले नै संरक्षित गरेपछि ठगहरूको मनोवृद्धि झनै बढेको देखिन्छ ।
पुलिस केसपछि त सुनिताको आँट अझ धेरै बढेको छ । अब उनले पैसा दिने कुरै गर्दिनन् र मागेको खण्डमा फेरि पनि ‘पुलिसकहाँ नै जाऊ’ भन्ने गरेकी छन् । यसरी ढुकुटीको केसमा पुलिसले नै ठगहरूलार्ई आश्रय दिने काम भएको पाइन्छ ।
पुलिस ढुकुटीको केसमा पनि प्रमाण नै मागी बस्छ तर निदोष ती महिलासँग कुनै प्रमाण नहुँदा ठगिन बाध्य हुन्छिन् । विश्वासको भरमा खेलिएको खेलमा यति समस्या आउँछ भन्ने थाहा भएको भए उनीहरू पहिले नै सचेत हुन्थे होला । या त यो कदम नै उठाउँदैनथे होलान् । प्रवक्ता पोखरेल भन्छन्, ‘ढुकुटीमा पनि प्रमाण भेटेमा बक्कैैदा कारबाही हुन्छ ।’ अधिवक्ता मिरा ढुंगानाले ढुकुटीको केसमा पनि अदालतमा लेनदेनको केस भनी मुद्दा हाल्न मिल्ने बताउँछिन् । तर, ढुकुटीको केसमा पीडित आफैँले प्रमाण ल्याउनुपर्ने उनले जानकारी दिइन् । उनी भन्छिन्, ‘वादीले नै प्रमाण पु¥याउनुपर्छ ।’ यदि मुद्दा नै हाल्ने हो भने पीडितले नै प्रमाण जम्मा गरी अदालतसम्म पुर्‍याउनुपर्ने उनले बताइन् ।
पीडित अम्बिका नेपालीले पनि घरमा कसैलार्ई थाहा नदिई ढुकुटी खेलेकी थिइन् । उनको पैसा पनि ढुकुटी खेलाउने महिलाले खाइदिइन् । उनी विभिन्न बहाना गर्दै पैसा दिन मान्दिनन् । तर, अम्बिका यस बारेमा घरको परिवारलार्ई बताउन पनि सक्दिनन् । उनी भित्रभित्रै पैसा सम्झेर तड्पिन्छिन् तर बाध्यता आफ्नो पीडा परिवारलार्ई बताउन सक्दिनन् । उनी भन्छिन्, ‘खाइसक्यो मेरो पैसा त्यसले, घरमा भनु उल्टै झगडा होला भन्ने डर । खाइनखाइ जमाएको सबै रकम त्यसले खाइदिई ।’ उनी आक्रोस पोख्छिन्, ‘पुलिसले गर्दा नै ठगहरू जन्मेका हुन् । यदि पुलिसले ढुकुटीको केसलार्ई पनि हेरेको भए यसरी हामी ठगिने थिएनौँ’
प्रमाणलार्ई नै पहिले आधार मानेर प्रहरीले केस हेर्ने हो भने, हत्यारा, अपराधी, चोरलार्ई कसरी समात्ने, उनीहरूको अनुहारमा म अपराधी हो भन्ने लेखेको त हुँदैन । तर, ढुकुटीको केसमा मात्र पहिले नै प्रमाण खोज्नाले समस्या सिर्जना भएको हो । जसको कारण पीडित समस्यामा परेको छ भने पीडकलार्ई कानुनले प्रोत्साहन दिएको छ । जसको कारण प्रायः ढुकुटी खेलाउनेहरू झन् प्रोत्साहित हुँदै ठगी कार्यमा व्यस्त भएको पाइएको छ ।
हाल ढुकुटी खेलाउनेहरू सबैको एउटै भनाइ छ, पुलिसकहाँ जाउ पैसा चाहिन्छ भने । पुलिसकोमा लगेमा पनि उनीहरू ढुक्क भएर भन्ने गर्छन्, ‘हो मैले खेलाको के गर्छाै ?’ यतिभन्दा पनि प्रहरी निरिह बनेभै गर्छ र अगाडि नै अपराध स्वीकार्दा पनि कानुन छैन भन्दै ठगहरूलार्ई उन्मुक्ति दिने गरेका छन् । जसका कारण अपराधीहरू अझ बढी प्रोत्साहित हुने गरेका छन् ।

प्रतिक्रिया