भूकम्प पीडितलाई अल्काकोे सहयोग

Alka-Hospitalललिपुर, १० साउन । अल्का अस्पतालले भुकम्पपीडित भएका आफ्ना कर्मचारीलाई १७ लाख रुपैया नगद सहयोग गरेको छ ।

भूकम्पबाट घरवारविहीन भएका ५८ जना कर्मचारीलाई अस्पतालले घरमा क्षति पुगेको आधारमा नगद रकम सहयोग गरेको हो ।

आफ्ना कर्मचारीको दुःखमा सानो भएपनि सहयोग पुगोस भन्ने उद्देश्यले आर्थिक सहयोग गरिएको अस्पतालका अध्यक्ष कुमार थापाले बताए ।

आइतवार आयोजित कार्यक्रम मार्फत अस्पतालले लायन्स क्लव अफ काठमाडौं अल्काको सहयोगमा पुर्ण क्षतिग्रस्त घरका कर्मचारीलाई ४० हजार, आंशिक क्षतिग्रस्त घरका कर्मचारीलाई २८ हजार र सामान्य क्षति पुगेका घरका परिवारलाई १५ हजार रुपैया सहयोग गरेको हो ।

अस्पतालको कल्याणकारी कोष, कार्यरत चिकित्सक र कर्मचारीका तर्फबाट भूकम्प पीडितलाई सहयोग गरिएको हो ।

प्रतिक्रिया