काठमाडौं । भोजपुरी गीतमा आइटम डान्स गर्ने कलाकार तथा मोडल निरुता क्षेत्रीले एउटा तिज विशेष गीतमा पनि नाचेकी छन् । निर्देशक शिव विकले निर्देशन गरेको ‘मलाई पनि सिकाइदेउन् पार्वती’ बोलको गीतमा निरुताले नृत्य गरेकी हुन् ।
शिब फोर एस मिडियाको ब्यानरमा निर्माण गरिएको गीतको भिडियोलाई शम्भु चालिसेले खिचेका छन् । निर्देशक शिव विकले निरुताको काम तारिफयोग्य भएको बताए । गीतमा रमेश बिजीको शब्द र बिबी अनुरागीको संगीत रहेको छ । गीतमा निरुताकै स्वर रहेको छ ।
‘मलाई नाँच्न एकदम मनपर्छ, म सफल हुनकै लागि अहिले संघर्ष गर्दैछु’, निरुताले भनिन् । भिडियो शनिबार सार्वजनिक हुँदै छ । (सौस)
प्रतिक्रिया