काठमाडौं । नेपालमा भूकम्प गएको बेला धेरैले राहत खोजे । दिनलाई खोजे र लिनलाई पनि । यस्तो मेसोमा सिर्जनशीलहरूको तर्फबाट भने भूकम्पले आहात बनाएको मनहरूमा मलम लगाउन आ–आफ्नो विधाबाट सक्दो प्रयास भएका छन् ।
संगीतकार तथा ऐरेन्जर पुस्कर सुनुवारले म्युजिक भिडियोमार्फत भूकम्पपीडितको मनमा मलम लगाउने कोसिस गरेका छन् । पूजा पोख्रेल र मौलिक श्रीषको शब्दमा रहेको ‘प्रकृति किन भयौ यति निष्ठुरी, भूकम्प बनी आयौ कहिले हावा हुरी’ बोलको गीतमा संगीत तथा एरेन्ज गरेका सुनुवारलाई मोहन मगर र पूजा न्यौपानेले साथ दिएका छन् ।
पूजा पोख्रेलको एउटै ‘धर्ती फाट्यो पहाड खस्यो हिउँनदी बग्यो, हेर्दाहेर्दै सारा बस्ती बगाउँदै लग्यो’ पुस्करलाई अति मन छोएको शब्द, जसलाई पढ्नेबित्तिकै उनले एक बसाइँमा संगीत भरे । यो गीतले अहिले बजारमा चर्चा कमाइरहेको छ ।
त्यसो त उनले नेपाली संगीतमा आफ्नो छुट्टै स्थान बनाइसकेका छन्– गायक, संगीतकार तथा ऐरेन्जरका रूपमा । स्थापित हुनकै लागि संघर्ष गर्दै आएका सुनुवारले योभन्दा अगाडि धेरै गीत तथा म्युजिक भिडियोमा काम गरिसकेका छन् । ‘अन्तरा जिन्दगीको’ एकल एल्बमबाट संगीत क्षेत्रमा डेब्यु गरेका उनले अर्को एल्बम ‘तिमीसुग’ बजारमा ल्याइसकेका छन् ।
सुनीलदिप्त राईको शब्दमा रहेको पहिलोपटक रजिना रिमालको आवाज र पछि सन्तोष लामाको पुनः आवाजमा रेर्कड गरिएको गीत ‘आुशु रहेछ जिन्दगी यो सधैु रुनुपर्ने’ बोलको गीतबाट चर्चा पाएका सुनुवारले करिब दुई सय ५० को हाराहारीमा संगीत तथा योभन्दा बढीको संख्यामा ऐरेन्ज गरिसकेको छन् ।
पछिल्लो समय उनले गाएको ‘मायाले साह्रै रुवाउँदो रहेछ’ बोलको गीत तथा म्युजिक भिडियोले उनलाई स्थापित कलाकारको लाइनमा उभ्याएको छ । ०६३ सालमा रेडियो नेपाल छिरेका उनले त्यहाँ भएको प्रतियोगितमा संगीततर्फ टपटेनमा स्थान बनाएका थिए । संगीत गर्ने, गीत गाउने र ऐरेन्ज गर्ने सुनुवारले संगीतकै साधनामा लागेर जीवनको लक्ष्य निर्धाण गरेका छन् ।
‘सरकारले प्रतिलिपि अधिकारसम्बन्धी कानुन बनाए पनि कार्यान्वयन नभएकाले स्थापित स्रष्टाको हालत त यस्तो छ भने भर्खर संगीतमा लागेको त के कुरा ?’ सुनुवारले भने, ‘हरेक दिन दुःखपछि सुख आउने आशामा काम गरिरहेको छु । अवश्य कुनै समय त्यस्तो दिन पनि आउनेछ भन्ने आत्मविश्वासकासाथ काम गरिरहेको छु ।’ स्वरूपराज आचार्य, रजिना रिमाल, सन्तोष लामा, मिलन आमात्यलगायतका कलाकारको स्वरमा संगीत गरेका सुनुवार आफ्ना गुरुद्वय गुरुदेव कामद र रमेश पोख्रेललाई सदा आदर गर्ने बताउुछन् ।
महोत्तरीको किसान नगर–६ ब्याङखाडाुडामा जन्मेका २८ वर्षीय युवा संगीतकार तथा ऐरेन्जर पुस्कर सुनुवार कलामा जीवनको आधार खोजिरेहका छन् । बाल्य अवस्थामा यम बरालको स्वरको फ्यान रहेका उनले स्थापित कलाकारसँग काम गर्ने अवसर कुरिरहेको बताए ।
प्रतिक्रिया