बलिउडले मनपराएको मसान

Parineeti-Chopraमुम्बई, ९ साउन । बलिउडमा ‘पिके’ जस्तो सुपरहिट चलचित्र पस्किन सफल राजकुमार हिरानीले बक्स अफिस कलेक्सनलाई खासै महत्व दिँदैनन् । उनी भन्छन्, ‘कुनै पनि चलचित्रलाई बक्स अफिस कलेक्सनको आधारमा मूल्यांकन गरिनु हुन्न ।’ हिरानीको नजरमा यस्ता धेरै चलचित्र बनेका छन् जसले बक्स अफिसमा राम्रो कलेक्सन गरेका छन् तर हलबाट उत्रेको भोलिपल्टै दर्शकले त्यस्ता चलचित्रलाई भुलेका पनि छन् ।

‘यस्तो चलचित्रलाई दर्शकले लामो समयसम्म भुल्ने छैनन्,’ ‘मसान’ को स्क्रिप्ट स्क्रिनिङपछि हिरानीले भने, ‘त्यसैले बक्स अफिस कलेक्सनकै आधारमा चलचित्रलाई मूल्यांकन गरिनु गलत हुनेछ ।’
नीरज धेवन निर्देशित ‘मसान’ले अन्तर्राष्ट्रिय रूपमै सकारात्मक चर्चा बटुलिसकेको छ । कान्स फिल्म फेस्टिबलमा ‘मसान’ ले धेरै अवार्ड जितिसकेको छ । हिरानीले ‘मसान’ बारे टिप्पणी गर्दै भनेका छन्, ‘मसान एकदमै उत्कृष्ट छ । कथा सानदार छ जसलाई पर्दामा सुन्दरतापूर्वक उतार्न निर्देशक सफल छन् । मैले यो चलचित्रबाट एकदमै इन्जोय गरेँ ।’
‘मसान’ मा सञ्जय मिश्रा, रिचा चड्ढा, विक्की कौशल, स्वेता त्रिपाठी र रौरभ चौधरीले मुख्य भूमिका निर्वाह गरेका छन् ।
रोइन् परिणिती
चलचत्रि ‘मसान’ हेरेपछि बलिउड नायिका परिणिती चोपडा रोइन् । यो कुरा अरूले होइन स्वयं परिणितीले बताएकी हुन् । बुधबारको स्पेशल स्क्रिनिङपछि परिणितीले भनिन्, ‘हलभित्र म धेरै रोएँ ।’ ‘मसान’ आजबाट रिलिज भएको छ । तर, तीन दिन अघि बलिउड स्टारहरूका लागि चलचित्रको विशेष प्रदर्शन (स्पेसल स्क्रिनिङ) गरिएको थियो । राजकुमार हिरानी, कबिर खान, शबाना आजमी र दिया मिर्जासमेत थुप्रै बलिउड हस्ति ‘मसान’ हेर्न आएका थिए ।
चलचित्रको प्रशंसा गर्दै परिणितीले भनिन्, ‘यो केही लिनेखालको चलचित्र हो, म थिएटरभित्र धेरै रोएँ, रिचा उत्कृष्ठ छिन्, विकीको अभिनयले मेरो दिल छोयो, पूरै टिमलाई बधाई छ, यो चलचित्र पक्कै हिट हुन्छ ।’

प्रतिक्रिया