गजल

sher-bahadur-bhujel-dolakhaपिरितीको खानीबाट कसरी छुटायौ निष्ठुरी,
केमा कमी भयो र सम्बन्ध टुटायौ निष्ठुरी ।

सके जति माया दिएकै थिएँ मुटु जोडी,
चट्टान झैँ कठोर बनी मन फुटायौ निष्ठुरी ।

मोहनी रूप तिम्रो, मन रै’छ यति जाली,
खाली दिलमा झुटो माया जुटायौ निष्ठुरी ।

सात जुनि सँगै काट्छु भन्थ्यौ भन्नलाई
हृदयमा चोट भरी माया लुटायौ निष्ठुरी ।

सम्झनामा तिमी छ्यौ, हटाउँ म कसरी,
गल्ति के थियो र एकान्तमा कुटायौ निष्ठुरी ।
– चरिकोट, दोलखा

प्रतिक्रिया