विशालको हिरो बन्ने चाहना

Bishalकाठमाडौं, ७ साउन । चलचित्रमा हिरो बन्न आउने अधिकांश युवा कलाकारको पृष्ठभूमि म्युजिक भिडियो वा ¥याम्प सो हुने गर्दछ । काभ्रे घर भएका युवा विशाल लामा पनि यस्तै युवामा पर्दछन्, जो केही म्युजिक भिडियो र ¥याप सोमा मोडलिङ गरेर अहिले चलचित्र अभिनयमा संघर्ष गरिरहेका छन् ।

पाँच वर्ष अघिदेखि मोडलिङको दुनियाँमा छिरेका उनले विराटनगर, पोखरा, धरान, बिर्तामोड, नारायणघाट हुँदै काठमाडौंमा भएका विभिन्न सोका ¥याम्पमा आपूmलाई हिँडाइसकेका छन् । ‘जुनी जुनी’, ‘डम्फुला चरी’ लगायत आधा दर्जन बढी म्युजिक भिडियोमा फिचरिङ गरिसकेका उनी चलचित्र ‘रामजाने’ मार्फत् हिरोका रूपमा डेब्यु गर्दै दर्शकमाझ आउने तयारी गरिरहेका छन् । यो चलचित्र हाल पोस्ट प्रोडक्सनमा छ ।
चलचित्र ‘कसम’ र ‘सिन्दुर’मा सहायक नृत्य निर्देशक भई काम गरिसकेका उनले ‘कसम’मा आइटम डान्स पनि गरेका छन् । ‘रामजाने’ उनी फरक भूमिकामा आउँदै छन् । ‘चलचित्रमा म विजनेस टाइकुनका रूपमा देखिँदै छु, विदेशमा पढेर नेपाल आई केही नयाँ किसिमको काम गर्न चाहने युवाको भूमिकामा छु’ उनले भने ।
एक्सन र नृत्य फ्लेबरका चलचित्रमा अभिनय गर्न रुचाउने विशाल हिरोकै भूमिकामा दर्शकमाझ देखिन चाहन्छन् । ‘मलाई भिलेनको भूमिकामा रुची छैन’ मार्सल आर्टस्का खेलाडी विशालले भने । चलचित्र निर्माता तुयुलाल महर्जनको सहयोगले चलचित्र अभिनय अघि बढाएका उनी आपूmलाई परिवारले पूर्णसहयोग गरेको बताउँछन् ।
स्वर्गीय अभिनेता श्रीकृष्ण श्रेष्ठको फ्यान रहेका उनले श्रीसँग अभिनयको इच्छा राखे पनि त्यो पूरा हुन नसकेकोमा दुःखी छन् । अभिनेत्रीहरू केकी अधिकारी, सुष्मा कार्की, रेखा थापा, शिल्पा पोखरेलसँग चलचित्रमा काम गर्ने उनको इच्छा रहेछ ।

प्रतिक्रिया