लिपुलेकमा विप्लव माओवादीको चासो

प्युठान, ७ साउन । भारत, चीन जोड्ने व्यापारीक मार्ग निर्माण सम्झौताको विषयलाई लिएर नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीले चर्को आपत्ति जनाएको छ । नेपाल भूमी लिपुलेक क्षेत्रलाई भारतको भन्दै द्विदेशीय व्यापारीक सम्बन्ध जोड्ने सम्झौताले नेपालमाथिको नांगो आक्रमण भएको नेकपा माओवादी प्युठानका सेक्रेटरी रत्नबहादुर थापाले बताए ।

बुधबार जुम्रीमा भएको पत्रकारसँगको भेटघाटमा उनले राजनीतिक दलहरू संविधान र भूकम्पका नाममा आर्थिक प्रलोभनमा फसेका कारण राष्ट्र र राष्ट्रियताको सवालमा गम्भीर हुन नसकेको बताए । उनले संविधान जनताको पक्षमा बन्न नसक्ने भएकाले जनताको आधारभूत आवश्यकताहरू पूरा हुनेगरी नेपालमै भएको स्रोतसाधन परिचालन हुने खालको संविधानले मात्र यी कुराको प्रत्याभूति गराउन सक्ने बताए ।
‘नेपालमा विकास गर्न इच्छाशक्ति हुने हो भने प्रशस्त सम्भावना छन्,’ उनले भने,‘दलहरू पैसाको पछि लागेका छन्, परिवर्तनका लागि जनताले बगाएको रगत माटोमा मिलाए ।’ भूकम्प पछिको राहत र पुनस्र्थापनाका नाममा विश्वसामु हात पैmलाएर ब्रह्मलुट गर्न दलहरू लागेको उनले आरोप लगाए ।
यिनै सवाललाई उठाउँदै नेकपा माओवादीले साउन ८ गते नेपाल बन्दको आह्वान गरेको छ । बन्दका बारे जानकारी दिन क्रान्तिकारी पत्रकार संगठन प्युठानले पत्रकार भेटघाटको आयोजना गरेको हो । साउन सात गते साँझ जुम्री प्युठानमा राँके जुलुस प्रदर्शन गर्ने कार्यक्रम रहेको माओवादीले जनाएको छ ।

प्रतिक्रिया