आर्थिक विधेयक सदनमा

Budget-Nepalकाठमाडौं, ३० असार । सरकारले आर्थिक विधेय २०७२ संसद्मा प्रस्तुत गरेको छ । आर्थिक वर्ष २०७२/७३को आय तथा खर्चको विवरण (बजेट) प्रस्तुत गरिसकेपछि सुरु भएको संसद् बैठकमा अर्थमन्त्री महतले आर्थिक विधेयक २०७२ प्रस्तुत गरेका हुन् ।

सभाध्यक्ष नेम्बाङले विधेयकमाथिको सैद्धान्तिक छलफल तथा अर्थमन्त्रीको जवाफका लागि बुधबारको समय तोकेका छन् । ‘माननीय सदस्यहरू आर्थिक विधेयकमाथिको छलफल तथा अर्थमन्त्रीको जवाफका लागि बुधबारको समय तोकेको छु’, नेम्बाङले भने, ‘बोल्न चाहने माननीय सदस्यहरूले बैठक सुरु हुनुभन्दा पहिले नाम दिइसक्नुहोला ।’
अर्थमन्त्री महतले विधेयक प्रस्तुत गर्नुअघि आर्थिक वर्ष २०७२/७३को राजस्व र व्ययको वार्षिक अनुमानको प्रति सदनमा टेबुल गरेका थिए । अर्थमन्त्रीले विधेयक पेस गरिसकेपछि सभामुख नेम्बाङले राष्ट्रपति कार्यलयबाट प्राप्त पत्र पढेर सुनाएका थिए । संसद्को अर्को बैठक बुधबार बिहान ११ बजेका लागि बोलाइएको छ । आर्थिक विधयेक पारित भएपछि सरकारलाई पेस्की खर्चको बाटो पनि खुल्नेछ ।

प्रतिक्रिया