म्याड्रिड, २७ असार । रियल म्याड्रिडका क्याप्टेन तथा विश्व प्रसिद्ध गोलकिपर आइकर क्यासिलसले आफू रियल म्याड्रिडबाट अलग भएको घोषणा गरेका छन् ।
म्याड्रिडको बर्नानेउ रङ्गशालामा पत्रकार सम्मेलन गरेर क्यासिलसले आफू ९ वर्षको उमेरदेखि रियल म्याड्रिडको टिसर्ट लगाएको स्मरण गर्दै आफ्नो रियलसँगको लगाव २५ वर्षसम्म कायम रहेको बताए ।
क्यासिलस एफ सी पोर्टोमा पठाइएपछि रियल म्याड्रिडबाट अलग भएको घोषणा गरेका हुन् ।
पत्रकार सम्मेलनमा उनले सबै आफ्ना शुभेच्छुक तथा समर्थकलाई आफूलाई लामो समयदेखि माया गरिदिएकोमा धन्यवाद व्यक्त गरे ।
उनले आफूलाई रियल म्याड्रिडले मानवीय मूल्य मान्यता, सम्मान तथा नम्रताको पाठ सिकाएको बताए । क्लबसाथै क्लबसँग सम्बन्धित सबैलाई उनले धन्यवाद ज्ञापन गरे ।
प्रतिक्रिया