मन्त्री उपस्थित नभएपछि बैठक स्थगित

BICCकाठमाडौं, २६ असार । व्यवस्थापिका–संसद्को आजको बैठकमा सरकारका कुनै पनि मन्त्री सहभागी नभएकाले बैठक १५ मिनेटका लागि स्थगन गरिएको छ ।

प्रमुख विपक्षी दल एकीकृत माओवादीका अमनलाल मोदीले बैठकको सुरुमा सरकारका कुनै पनि प्रतिनिधि बैठकमा उपस्थित नभएको भनी नियमापत्ति जनाएपछि सभामुख सुवास नेम्वाङले बैठक स्थगन गरेका हुन् ।

सरकारको नीति तथा कार्यक्रममा छलफल हुँदा सरकारका प्रतिनिधि उपस्थित हुनुपर्ने प्रावधान छ ।

आजको बैठकमा पनि सरकारले आव २०७२/७३ का लागि पेस गरेको नीति तथा कार्यक्रममाथिको छलफल हुने कार्यक्रम छ ।

प्रतिक्रिया