लागुऔषधसहित एक युवक पक्राउ

वीरगन्ज, २४ असार । पर्सा प्रहरीले वीरगन्ज घन्टाघर लिङ्क रोडबाट लागुऔषधसहित एक युवकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा जिल्ला बारा भलुही गाविस–४ बस्ने १७ वर्षीय गुलाब अन्सारी रहेका छन् ।

अस्थायी प्रहरी पोस्ट घन्टाघरबाट खटिएको टोलीले हिँडिरहेको अवस्थामा गएराति शङ्का लागि जाँच गर्ने क्रममा उनको साथबाट डाइजेपाम ४२ थान, फेनारगन ४२ थान र नर्फिन ४२ थान बरामद भएको थियो ।

पक्राउ परेका अन्सारीलाई जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखिएको छ ।

प्रतिक्रिया