नेपाली जनसम्पर्क समिति क्यानाडामा सम्मेलनको चटारो

Nepali-jan-samparka-samiti-क्यानाडा । नेपाली जनसम्पर्क समिति क्यानाडाको विशेष सम्मेलन हुने भएको छ ।

आउँदो जुलाइको १२ तारिखदेखि समितिको सम्मेलन टोरन्टोमा हुन लागेको हो । जनसम्पर्क समिति नेपाली कांग्रेस सम्बद्ध एक नाफारहित गैह्र सरकारी रजिष्टर्ड सामाजिक संस्था हो ।

क्यानडाको ग्रेटर टोरन्टो क्षेत्रमा बसोबास गरेका नेपाली कांग्रेसका समर्थक र कांग्रेसप्रति शुभेच्छा राख्ने नेपाली मिलेर करिब २ बर्षअघि बुद्धि प्रकाश ओलीको संयोजकत्वमा जनसम्पर्क समिति राष्ट्रिय तदर्थ समिति गठन गरेका थिए ।

समितिको संगठन बिस्तार र राष्ट्रिय महाधिबेशनका लागि केशव सिग्देलको संयोजकत्वमा सदस्यता वितरण समिति गठन गरि कार्य संचालन भैरहेको र पहिलो चरणको सदस्यता प्रतिबेदन कार्यसमितिमा समेत प्रस्तुत भइसकेको छ ।

कांग्रेसको नजिकिदै गरेको महाधिबेशन र प्रतिनिधित्व गर्ने सवाल र प्रक्रियालाइ लिएर भएको असहमतिपछि स्थगित निर्णय प्रक्रिया, गएको भूकम्पका कारण झनै प्रभावित बनेको थियो ।

काठमाडौँमा कांग्रेसको राजनीति गरम हुँदा टोरन्टोमा पनि तात्ने जनसम्पर्क समितिले आफ्नो महाधिबेशनमा कांग्रेस उपसभापति रामचन्द्र पौडेललाइ ल्याउने अन्तिम तयारी समेत सकेको थियो ।

तर सदस्यता संख्या यकिन गर्न र महाधिबेशनको दिन घोषणा गर्न भने बाँकी थियो ।

एकातिर सदस्यता वितरण जारी रहेको अवस्था अर्कोतिर काठमाडौँ महाधिबेशनमा जाने आन्तरिक प्रतिस्पर्धाको कोपभाजन जनसम्पर्क समिति भएको विश्लेषण यहाँ स्थित समिति लार्इ नजिकबाट लियालिरहेका नेपालीको छ ।

संस्थाको महाधिबेशनको सबै तयारी पुरा भैसकेको अवस्थामा नेतृत्व बिचलनका कारण बिशेष सम्मेलन गर्नु परेको सदस्यता वितरण समितिका संयोजक केशव सिग्देल बताउछन ।

‘सदस्यता वितरण समितिले आफ्नो काम जारी गरिराखेको अवस्था र महाधिबेशनको दिन मात्र तोक्न बाँकी रहेको अवस्थामा’ समितिले बिशेष सम्मेलन बोलाउनुको कारण बारे स्पष्ट पार्दै भने– ‘स्थापित संरचना भत्काउने र महाधिबेशन नगर्ने बाटोमा स्वयम् जनसम्पर्क समितिकै पदाधिकारीको संलग्नता भेटिएपछि निदानका लागि यो बिशेष सम्मेलन बोलाइएको हो ।’

संस्थाका सम्पूर्ण सदस्यहरुलाई यथेष्ठ सूचना पुर्याउनु र सदस्यताको काम, कर्तब्य र अधिकार बारे ध्यान आकर्षण गराउनु सदस्यता वितरण समितिको जिम्मेबारी भएको बताउदै संयोजक सिग्देलले भने(‘संस्थाका प्रमुख पदाधिकारी संगठनको मर्म बिपरित नचलुन र समितिको बिशेष सम्मेलनले केहि मार्ग निर्देश गरोस भन्ने हो ।’

यसअघि जन सम्पर्क समितिले महाधिबेशन गर्न बुद्धि प्रकाश ओली संयोजक र तुलसी पौडेल उपसंयोजक रहेको मूल तयारी समिति गठन गरेको थियो ।

यस्तै नारायण घिमिरेको संयोजकत्वमा आर्थिक उपसमिति, केशव सापकोटाको संयोजकत्वमा प्रचार उपसमिति गठन भर्इ काम समेत थालेका थिए ।

प्रतिक्रिया