रोड टु सिंगापुरका लागि छनोट

williams-serenaकाठमाडौं । रोड टु सिंगापुर कार्यक्रमका लागि नेपाली युवा खेलाडीको छनोट शुक्रबार सुुरु भयो । सातदोबाटो टेनिस कोर्टमा शुक्रबार बिहान भएको यु–१४ स्पर्धाको खेलमा मेधावी गिरीले प्रेरणा कोइरालालाई ८–५ ले पराजित गरिन् । यसैगरी, अभिलाषा विस्टले खुसी पाण्डेसँगको खेलमा ८–१ को जित हात पारिन् । ऐरा राउतले सलोनी तामाङलाई ८–१ ले पराजित गरिन् । नेपालका यु–१४ र यु–१६ समूहका शीर्ष खेलाडीले छनोटमा सहभागिता जनाएका छन् ।

दुवै समूहका विजेताले अक्टोबर १९ देखि २५ सम्म सिंगापुरमा हुने डब्लुटिए सिरिज अबलोकन गर्ने अवसर पाउने छन् । साथै उनीहरूले शीर्ष खेलाडीसँग अन्तत्र्रिmया पनि गर्ने छन् । त्यसको लगत्तै हुने एसियाली प्रतियोगितामा दुवै खेलाडीले सहभागिता जनाउने छन् । डब्लुटिए सिरिजमा शीर्ष आठ खेलाडीबीच एकल तथा शीर्ष आठ जोडीबीच युगल खेल हुने छ । (सौस)

प्रतिक्रिया