‘लिपुलेक हाम्रो हो’भन्दा प्रहरीद्वारा लाठी प्रहार

NCP-Maobadiकाठमाडौं, ९ असार । नेपालको लिपुलेकबाट चीन र भारतले व्यापारिक नाका खोल्नेसहमति गरेको विरोधमा नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीले गरेको प्रदर्शनका क्रममा झडप भएको छ ।

काठमाडौंको सुन्धारामा आज (बुधबार) मध्यान्ह नेकपा माओवादीका कार्यकर्ताले विरोध प्रदर्शन गरेपछि प्रहरीले हस्तक्षेप गरेको प्रवक्ता खड्क विश्वकर्माले जानकारी दिए । लिपुलेकका विषयमा भएको सहमतिको विरोधमा नेकपा माओवादीसहितका वुद्धिजीवीले विरोध जनाउँदै आएका छन् ।

‘संविधानले दिएको अधिकारअनुसार आज हामीले गरेको प्रदर्शनमा सरकारले दमन गर्‍यो’, विश्वकर्माले भने, ‘राष्ट्रियतामाथीको आक्रमणविरुद्ध भएका शान्तिपूर्ण प्रदर्शनमा दमन हुनु अत्यन्तै दुःखदायी हो ।’

सुन्धारामा प्रदर्शनमा उत्रिएका नेता तथा कार्यकर्तालाई पक्राउ गर्ने क्रममा भएको झडपमा प्रहरीको लाठी प्रहारबाट नेकपा माओवादीका मजदुर संगठनका अध्यक्ष योगेन्द्र कुमालसहितका प्रदर्शनकारी घाइते भएका हुन् । कुमालसहितका घाइतेहरूलाई उपचारका लागि वीर अस्पताल भर्ना गरिएको प्रवक्ता विश्वकर्माले बताए ।

प्रहरीले प्रदर्शनमा उत्रिएका नेकपा माओवादीका नेता तीलक परियार, शुदर्सन मंगोल, पत्रकार जन्मदेव जैसी, पुष्प न्यौपाने, युवा संगठनका नेता राधाकृष्ण गौतमलगायत ३० भन्दा बढी नेता तथा कार्यकर्ता पक्राउ परेको प्रवक्ता विश्वकर्माले बताए ।

पक्राउ परेकाहरूको नाम

१ ) तिलक परियार
२) याेगेन्द्र कुमाल
३) खेम थपलिया
४) लालबहादुर विसी
५) सुदर्शन मंगाेल
६) पुष्प न्याैपाने
७) जन्मदेव जैसी
८) अाराेह नेपाली
९) सुरेश सुवेदी
१०) नारायण तिवारी
११) राजकुमार केसी
१२) देवकी खरेल
१३) विमला संग्राैला पाैडेल
१४) राधा तामाङ
१५) मिरा बस्याल
१६) सुरेश खनाल
१७) अर्जुन विसी
१८) रामकुमार श्रेष्ठ
१९) नवराज रिमाल
२०) चन्द्रबहादुर बुढा
२१) अमृत परियार
२२) राजकुमार केसी, सुकुम्वासी
२३) टंक जाेशी
२४) सन्ताेषी भट्टराई
२५) रमेश तामाङ
२६) राेहित मैनाली
२७) प्रकाशचन्द्र ढकाल
२८) प्रसिद्ध घिमिरे
२९) राधाकृष्ण अधिकारी
३०) अाकाश अधिकारी
३१) सृजना अधिकारी

प्रतिक्रिया