“ठूलो रुखको छहारीमा बसे धेरै सिक्न पाइन्छ”

भास्कर वली, नाट्यकर्मी

भास्कर वली, नाट्यकर्मी

नाटकमा कला र जीवन देख्ने नाट्यकर्मी हुन् भास्कर वली । थुप्रै नाटकमा अभिनय गरिसकेका वलीको रंगमञ्च अर्को घर हो । नाटकमा अभिनय भनेपछि उनले सबै कुरा भुल्छन् रे ।

सानै उमेरदेखि कलाकारिता, त्यसमा पनि विशेष गरेर नाटकप्रति रुची देखाउँदै आएका वली अहिले मण्डला थिएटरसँग आवद्ध छन् । सुरुवाती दिनमा पैसा तिरेर नाकट सिकेका वली अहिले मण्डला थिएटरका उत्पादनहरूमा खेल्न व्यस्त छन् ।

अनामनगरस्थित मण्डला थिएटरमा मञ्चन हुने अधिकांश नाटकमा उनको कुनै न कुनै अभिनय रहेकै हुन्छ । नाट्यकर्मी वलीले सुनील पोखरेलको ‘जार’, राजन खतिवडाको ‘माथापञ्चर’ र दयाहाङ राईको ‘जिरो जिरो जेड’ मा अभिनय गरेका थिए । सबै नाटकको अभिनयबाट पाएको प्रशंसाबाट वली फुरुङ्ग छन् । उनलाई नाटकमा लाग्न अझै हौसला मिलेको छ ।

ठूला ब्यानरका तीनवटा नाटकमा अभिनय गर्दाको स्मरण उनले बयान गरेर भ्याउँदैनन् । उनी भन्छन्, ‘मभन्दा ठूला कलाकारसँग र चलेका नाट्यकर्मीको निर्देशनमा प्रदर्शन भएका नाटकमा खेल्नुको मज्जै अर्कै हुन्छ ।’ वलीले भने, ‘ठूलो छहारीको रुखमुनि बस्दा धेरै फाइदा हुन्छ । मलाई पनि मण्डला थिएटरबाट नाटकबाट धेरै सिक्न मिलेको छ ।’

Vaskar-Oli-Dangनाट्यकर्मी वलीले ‘जार’ मा जयवीर (बाबु) को अभिनय गरेका थिए । ‘माथापञ्चर’ मा भने उनले तराईमा देखिने गरेका कथित ‘डन’ का रूपमा अभिनय गरे । त्यसैगरी ‘जिरो जिरो जेड’ मा भने वलीले प्रहरी हवल्दारको अभिनय गरेका थिए । नाटकबाट कलाकारितामा निखारता ल्याइरहेका वलीले अहिलेसम्म ठूलो पर्दाको फिल्ममा भने खेलेका रहेनछन् । ‘अहिलेसम्म ठूलो पर्दाको फिल्म खेलेको छैन’, उनले भने, ‘नाकटमै रमाइरहेको छु ।’

नाट्यकर्मी वलीले ‘जार’ मा जयवीर (बाबु) को अभिनय गरेका थिए । ‘माथापञ्चर’ मा भने उनले तराईमा देखिने गरेका कथित ‘डन’ का रूपमा अभिनय गरे । त्यसैगरी ‘जिरो जिरो जेड’ मा भने वलीले प्रहरी हवल्दारको अभिनय गरेका थिए । नाटकबाट कलाकारितामा निखारता ल्याइरहेका वलीले अहिलेसम्म ठूलो पर्दाको फिल्ममा भने खेलेका रहेनछन् । ‘अहिलेसम्म ठूलो पर्दाको फिल्म खेलेको छैन’, उनले भने, ‘नाकटमै रमाइरहेको छु ।’

बिहान, दिउँसो र बेलुका कुनै पनि बेला मण्डला थिएटरमा देखापर्ने वली असारको पहिलो साताबाट मञ्चन हुन लागेको अर्को नाटकको तयारीमा छन् । मञ्चन हुने नाटकमा उनले पनि अभिनय गर्ने लगभग पक्का भएको छ । असारको पहिलो साताबाट मञ्चन हुन लागेको नाटक विजय बराल र दयाहाङ राईले निर्देशन गर्नेछन् ।

उनले नाटकको प्रारम्भिक जानकारी सुनील पोखरेलसँग लिएका हुन् । त्यसलाई निखारता भने मण्डला थिएटरमा दयाहाङ राईलगायतको समूहले दिएको रहेछ । ‘सुनील सरसँग नाटक सिकेँ, मण्डला थिएटरमा त्यसलाई अझै निखारता दिन पाएँ,’ उनले भने ।

कलाकार साथीहरूसँग अभिनय गर्दै भाष्कर । कोट, दौरा सुरुवाल र कालो टोपीमा ।

कलाकार साथीहरूसँग अभिनय गर्दै भाष्कर । कोट, दौरा सुरुवाल र कालो टोपीमा ।

साना ठूला गरेर थुप्रै नाटकमा उनले अभिनय गरिसकेका छन् । नाटक र कला क्षेत्रको नसालाई मलजल पुर्‍याउने काम भने फिल्म निर्देशक अमर वलीले दिएका रहेछन् । भन्छन्, ‘अमर वलीको भिजन चौतारीबाट कला क्षेत्रको औपचारिक सुरुवात गरेको हुँ ।’ त्यो यात्रालाई उनले अहिले पनि जारी राखेका छन् । नाटक बुझेको व्यक्तिले मात्रै कला र कालाकारितालाई बुझ्न सक्ने उनको भनाइ छ ।

नाट्य क्षेत्रबाट आएका कलाकारहरू कला क्षेत्रमा लामो समयसम्म टिक्न सक्ने वलीले उल्लेख गरे ।

प्रसस्त म्युजिक भिडियोमा अभिनय गरेका वली आफ्नै उमेर समूहकासँग मिलेर ठूलो फिल्म बनाउने योजनामा छन् । कमेडी बेसमा बनाउने तयारी गरेको फिल्मको विषयमा आजकाल दैनिकजसो छलफल गर्दै आएका छन् । ‘ठूलो पर्दाको फिल्म बनाउने तयारीमा छौँ’, वलीले भने, ‘साथीहरूसँग फिल्मका बारेमा दैनिकजसो कुराकानी र आन्तरिक छलफल गरिरहेका छौँ ।’

फिल्मको स्क्रिप्ट पनि तयार भइसकेको वलीले बताए । ‘कमेडी बेसमा फिल्म बन्ने भएकाले थोरै गीत रहनेछ,’ फिल्मका बारेमा उनले भने, ‘कलाकारहरू विशेष गरेर नाकटमा भिजेकालाई राख्ने छौँ ।’

प्रस्तुति : विमल योगी

प्रतिक्रिया