काठमाडौं, २६ जेठ । विवाहिता प्रेमिकाको योजनामा प्रेमकुमार गुरुङको हत्या गरेर फरार एक जनालाई प्रहरीले आठ वर्षपछि गिरफ्तार गरेको छ ।
आफ्नै पत्नी अनिता गुरुङको प्रमुख योजनामा प्रेमी डेनिश श्रेष्ठले २०६४ साल फागुन ५ गते बिहान ४ बजे प्रेमकुमार गुरुङलाई गोली प्रहार गरेर हत्या गरेको प्रहरी विज्ञप्तिमा उल्लेख छ । प्रेमकुमारकी पत्नी अनिता र डेनिशको लामो समयदेखि मायाप्रेम चल्दै आएको थियो ।
पत्नी अनितासँगको सम्बन्धका बारेमा प्रेमकुमारले जानकारी पाएपछि डेनिश र पत्नीसँग उनको झगडा भएको प्रहरी स्रोतको भनाइछ । पछि अनिताको प्रमुख योजनामै डेनिशले प्रेमकुमारलाई गोली हानी हत्या गरेर फरार भएका थिए ।
घटना पश्चात अभियुक्त डेनिश स्वदेश तथा थाईल्याण्डमा लुकिछिपी बस्दै आएका थिए । प्रहरीले उनको खोजतलास जारी राखेको थियो
काठमाडौं महानगरपालिका–२ गैह्रीधारा सरस्वती मार्ग बस्ने २९ वर्षीय डेनिशलाई केन्द्रीय अनुसन्धान व्यूरोबाट खटिएको प्रहरी टोलीले जेठ २२ गते गैह्रधारा सरस्वती मार्गबाट पक्राउ गरेको हो ।
कास्की धम्पुस–६ घर भई काठमाडौं महानगरपालिका–१५ स्वयम्भु बुद्धपार्क, बिनायक मार्ग डेरा गरी बस्दै आएका २८ वर्षीय प्रेमकुमारलाई उनकै श्रीमती अनिताको योजनामा डेनिशले गोली प्रहार गरेको अनुसन्धानबाट खुलेको थियो ।
घटना पश्चात अभियुक्त डेनिश स्वदेश तथा थाईल्याण्डमा लुकिछिपी बस्दै आएका थिए । प्रहरीले उनको खोजतलास जारी राखेको थियो ।
जेठ २३ गते थाईल्याण्ड जाने तयारीमा रहेका बेला सुराकीका आधारमा डेनिश गिरफ्तारीमा परेको प्रहरीले उल्लेख गरेको छ । हत्या अभियोगमा पक्राउ परेका डेनिशलाई प्रहरीले कारबाहीका लागि काठमाडौं जिल्ला अदालतमा पेश गरिसकेको छ ।
प्रतिक्रिया