अर्बपति बन्ने सपना

nickiलसएन्जल्स । हलिउड गायिका निकी मिनाजले जीवनमा एकपटक आफू अर्बपति बन्ने सपना बुनेकी छन् । ३२ वर्षीया पपस्टार निकीले हालसम्म तीन एल्बम र तीन परफ्युम बजारमा ल्याइसकेकी छन् । चाँडै नै उनी फिल्म ‘बार्बीशप ३’ मा पनि देखा पर्दै छिन् ।
उनले आफू अर्बपति बन्नका लागि आफैँ व्यवसाय सञ्चालन गर्न लागेको बताएकी छन् । ‘म अर्बपति बन्नका लागि मेरो एल्बम बेचेर पुग्दैन, मान्छेहरू एल्बमबाट पैसा कमाउँदैनन्, म अहिले व्यवसायको कुरा गरिरहेको छु, निवास र कम्पनीको बिक्रीको कुरा गरिरहेको छु, जुन काम मैले सुरु गरेको छु,’ उनले भनेकी छन् ।
निकीले गत वर्ष १ दशमलव ४ करोड रूपैयाँ कमाएकी थिइन् । ‘म पैसाको कुरा आउँदा बढी प्रतिस्पर्धात्मक हुने गर्दछु,’ उनले भनेकी छन् । (एजेन्सी)

प्रतिक्रिया