जनचेतना र सांस्कृतिक कार्यक्रम

Phidimफिदिम । पाँचथरको सदरमुकाम फिदिममा शनिबार भूकम्पबारे जनचेतना तथा सांस्कृतिक कार्यक्रम आयोजना गरियो । नेपाल नाट्य संगीत प्रज्ञा प्रतिष्ठानको संयोजन तथा स्थानीय संघ संस्थाको आयोजनामा राष्ट्रियस्तरका ख्याति प्राप्त कलाकारको उपस्थितिमा कार्यक्रम भएको हो ।
कार्यक्रमको संयोजन स्थानीय  मानअधिकार नामक संस्था (प्याग)नेपाल, नौलो साहित्यिक विहान प्रतिष्ठानलगायत आधा दर्जन संस्थाले गरेका थिए । गत वैशाख १२ गतेको भूकम्प  र त्यसपछि गएका पराकम्पनबाट  खास गरी महिला र बालबालिका,  समुदायमा पर्न गएको मनोवैज्ञानिक असर कम गर्ने उद्देश्यले कार्यक्रम गरिएको प्रतिष्ठानका सदस्यसचिव गणेश रसिकले बताए ।
बालबालिकालाई पर्न गएको मनोवैज्ञानिक क्षतिलाइ कम गर्न आयोजना गरिएको कार्यक्रममा सम्पूर्ण अभिभावकलाई आआफ्ना बालबालिकासहित उपस्थित हुनसमेत अनुरोध गरिए पनि सोचेजति बालबालिका उपस्थित थिएनन् । कार्यक्रममा  नेपाल नाट्य संगीत प्रज्ञा प्रतिष्ठानका प्राज्ञ  गणेश रसिक, कोमल निरौला, एल्पी जोशीलगायत राष्ट्रिय स्तरका ख्यातिप्राप्त कलाकारहरूको सहभागिता रहको थियो । कार्यक्रममा चेतनामूलक नाटक, गीत, कविता प्रस्तुत गरिएको थियो । (सौस)

प्रतिक्रिया