मुम्बई । बोली र व्यवहार राम्रो हुँदा मात्र सबैले सेलिब्रेटीको वाहवाही पाउँछन् । तर, त्यही बोलीले ठाउँ गुमाउँदा आलोचना र विवाद पनि दिने गर्दछ । बलिउडकी ‘डर्टी’ गर्लका रूपमा परिचित अभिनेत्री विद्या वालन अहिले आफ्नै बोलीका कारण विवादमा आएकी छन् ।
हालै एक टेलिभिजनलाई अन्तर्वार्ता दिने क्रममा उनले अर्की अभिनेत्री कंगना रनावतलाई ‘पागल’ भनी सम्बोधन गरेकी छन् । विद्या हाल फिल्म ‘हमारी अधुरी कहानी’लाई लिएर चर्चामा छिन् । यो फिल्ममा उनले पुनः बलिउडका सिरियल किसर इमरान हासमीसँग अनस्क्रिन रोमान्स गरेकी छन् ।
‘कंगना पागल हो, उनीसँग अभिनय गर्ने क्षमता कमालको छ, उनले जुनप्रकारले ‘तनु वेडस् मनु रिटर्नस’मा हरियाणवीको भूमिका निभाएकी छन् त्यो तारिफ योग्य छ ।’ विद्याले भनेकी छन् । चाकडी र चाप्लुसी गर्न नजान्ने अभिनेत्रीका रूपमा चिनिने कंगनाले न कसैको गलत तरिकाले तारिफ गर्छिन् न त कसैको आलोचना नै ।
हालका दिनमा विद्या फिल्म ‘हमारी अधुरी कहानी’को प्रमोसनमा व्यस्त छिन् । कंगनाको फिल्मले दर्शक तथा समीक्षकको राम्रो प्रतिक्रिया पाउँदा बक्स अफिसमा अहिले उत्कृष्ट व्यापार गरिरहेको छ । (एजेन्सी)
प्रतिक्रिया