बोर्ड अध्यक्षमा राजकुमार

Rajkumarकाठमाडौं । तत्कालीन अध्यक्ष धर्मेन्द्र मरवैताको पदावधि सकिएपछि रिक्त बनेको चलचित्र विकास बोर्डको अध्यक्ष पदले पाँच महिनापछि पूर्णता पाएको छ । मन्त्रिपरिषदको शुक्रबार बसेको बैठकले नेपाल चलचित्र निर्माता संघका वर्तमान अध्यक्ष राजकुमार राईलाई बोर्डको नयाँ अध्यक्षमा नियुक्त गरेको हो । राई कांग्रेस निकट फिल्मकर्मीका रूपमा फिल्म क्षेत्रमा चिनिन्छन् ।
पाँच महिना बीचमा अध्यक्षको लागि विभिन्न व्यक्तिको नाम चर्चामा आए पनि अन्तिम अवस्थामा राई र अर्का व्यक्ति जनार्दन आचार्यको नाम प्रमुख रूपमा अगाडि आएको थियो । तर, अन्ततः मन्त्रिपरिषद्को बैठकले राईलाई नै नियुक्त ग¥यो ।
अध्यक्षमा नियुक्त भएपछि राईले फेसबुकमा भूकम्पका कारण देश दुःखद् अवस्थामा रहे पनि आम फिल्म उद्योगका लागि यो सुखद् खबर हो भन्दै पोस्ट गरेका छन् । ‘चलचित्र उद्योगका लागि यहाँहरूले म प्रति देखाउनु भएको सहानुभूति र साथका लागि म आभारी छु । हामी आम चलचित्रकर्मी नै अध्यक्ष हौँ अब सबै मिलेर एक साथ अघि बढौँ । जय नेपाली सिनेमा !’ उनले फेसबुकमा लेखेका छन् । (सौस)

प्रतिक्रिया