टेलर ‘लभ कोच’

Taylor.jpegलसएन्जल्स । हलिउड गायिका टेलर स्वीफ्ट आफ्ना साथीलाई राम्रो सल्लाह दिनका लागि आफूलाई ‘लभ कोच’ का रूपमा चिनाउन थालेकी छन् ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार ‘ब्लैँक स्पेस’ गायिकाले हैरी स्टाइल्स, जोन मायर र जेक ग्लेनहालसँग डेट गरिसकेकी छन् र अहिले उनी डीजे कैल्विन हैरिससँग रोमान्समा छिन् ।
स्वीफ्ट जेनिफर लरेन्स, लोर्ड, गिगी हैडिड र एम्मा स्टोन जस्ता आफ्ना साथीलाई अमूल्य सुझाव दिइसकेकी छन् । उनी अहिले प्रेम सम्बन्धका बारेमा नजिकबाट अध्ययन गर्दै साथीहरूलाई बढी सुझाव दिनमा व्यस्त छिन् ।
‘स्वीफ्ट सल्लाह दिने मामलामा सबैभन्दा अघि छिन्, उनी गोप्य रूपमा आफैँलाई लभ कोच बनाउने काममा जुटेकी छन् । त्यसका लागि अनलाइन पढाइको काम गरिरहेकी छन् । उनले गत महिना मात्र लभ पढ्ने अभियानको सुरुवात गरेकी हुन्,’ स्वीफ्टनिकट एक साथीले भनेकी छन् ।
२५ वर्षीया स्वीफ्टले एक सल्लाह पुस्तिका पनि तयार पारेकी छन् । उनका अनुसार प्रेम सम्बन्ध टुटेका व्यक्तिहरूका लागि उनको पुस्तक उपयोगी हुनेछ । स्वीफ्ट हाल क्रिस मार्टिनसँग डेटिङमा रमाउँदै गरेकी अभिनेत्री जेनिफरलाई प्रेम परामर्श दिन व्यस्त छिन् । (एजेन्सी)

प्रतिक्रिया