विद्यार्थी हँसाउँदै कमेडियन

kalakarकाठमाडौं । भूकम्पका कारण झन्डै एक महिनापछि गत जेठ १७ गतेबाट शैक्षिक संस्थाहरू सञ्चालनमा आए पनि पठनपाठन भने पूर्ण रूपमा हुन सकिरहेको छैन । भूकम्पको त्रासका कारण विद्यार्थीहरूले अझै पनि राम्ररी ध्यान दिएर पढ्न सकेका छैनन् ।
यही समस्यालाई मध्यनजर गर्दै विद्यार्थीलाई हँसाएर उनीहरूको दिमागमा परेको नकारात्मक असरलाई हटाउन कमेडियनहरू क्रियाशील छन् । कलाकारहरू उत्तम केसी, सुभाष गजुरेल, सानुकुमार ताम्राकार, उमेश मायालु, सहदेव कार्की, रामकाजी घिमिरे, गोपाल अधिकारी, दीपचन्द्र मोक्तानलगायतका कलाकार बालबालिकालाई हाँसो फर्काउन व्यस्त भएका हुन् ।
उनीहरूको समूहले भानुभक्त मेमोरियल पानीपोखरी, मञ्जरी सेकेन्डरी स्कुल गोल्फुटार, एलआरआई कलेज कंलकी, टाइम्स एकेडेमी लोलङलगायतका स्कुल र कलेजमा गएर विद्यार्थीहरूलाई हँसाउने काम गरेका छन् । बाल मनोविज्ञानमा केही भए पनि सकारात्मक प्रभाव पार्न, डर त्रास हटाउन आफूहरू लागिपरेको उत्तम केसी बताउँछन् । यो समूहले स्कुल तथा कलेजमा क्यारिकेचर, प्रहसन, गीत, नृत्य तथा जादु देखाएर विद्यार्थीहरूलाई मनोरञ्जन प्रदान गरेको छ । (सौस)

प्रतिक्रिया