काठमाडौं । सुटिङ हुँदाहुँदै भूकम्पका कारण रोकिएका फिल्मका बाँकी कामले निरन्तरता पाइरहँदा नयाँ फिल्मको सुटिङको क्रम पनि सुरु भएको छ । पारिवारिक कथा बोकेको फिल्म ‘बाजिगर’ युनिट पनि नयाँ जोसका साथ सुटिङका लागि फ्लोरमा उत्रिएको छ ।
अभिनेता जीवन लुइँटेल र अभिनेत्री अनु शाहको रोमान्स रहने फिल्मको हाल राजविराजमा तीव्र गतिमा छायांकन भइरहेको छ । प्रेम र एक्सनलाई समेत प्राथमिकतामा राखिएको फिल्ममा सञ्जोग कोइराला र निश्मा घिमिरेको समेत अभिनय रहेको छ । फिल्मका निर्माता शेखर कोइरालाका अनुसार भूकम्प जानुअघि नै फिल्मको सुटिङ थालिए पनि भूकम्पका कारण त्यो काम रोकिएको थियो ।
रञ्जित रानामगरको निर्देशन रहेको फिल्म द शोविज प्रोडक्सनको ब्यानरमा बनिरहेको हो । फिल्ममा वसन्त सापकोटाको संगीत, रोशन श्रेष्ठको एक्सन र मदन काश्यप घिमिरेको छायांकन छ । (सौस)
प्रतिक्रिया