लसएन्जल्स । महिलाप्रति पुरुषको आकर्षण हुनु स्वाभाविक नै हो । तर, धेरै पुरुष आकर्षित भए भने त्यसलाई व्यवस्थापन गर्न निकै समस्या नै पर्छ । तर, हलिउड अभिनेत्री सेरोन स्टोनचाहिँ बढीभन्दा बढी पुरुषलाई आफूतिर आकर्षित गरेर डेटिङ जान चाहन्छिन् । आफ्नो कामुक छविका कारण धेरै पुरुषलाई आकर्षित गर्न सक्नेमा स्टोन ढुक्क छिन् ।
हलिउडका ‘बेसिक इन्स्टिन्ट’ र ‘सिल्भर’ जस्ता फिल्ममा अभिनय गरेपछि स्टोन हलिउडकी सर्वाधिक तेजिली नायिकाका रूपमा स्थापित भइन् । तर, फिल्मबाट बनेको कामुक र हिम्मती महिलाको छविले निजी जीवनको माया, प्रेममा असर परेको उनको ठम्याइ छ ।
‘म चाहन्छु कि बढी पुरुष मसँग साथी बन्न इच्छुक होऊन्, तर यस्तो हुने सम्भवना न्यून छ । मान्छेलाई म कामुक छु भन्ने भ्रम छ, जसकारण उनीहरू मसँग डराउँछन् । मलाई लाग्छ कि मानिसले तपाईंबारे जस्तो सुन्छन् त्यसलाई नै सत्य मान्नुपर्छ । तर, धेरै समय त्यो कुरा सत्य हुँदैन स्टोनले भनेकी छन् । (एजेन्सी)
प्रतिक्रिया