चर्चासँगै विवादमा कंगना

Kanganaमुम्बई । बलिउड फिल्म ‘क्विन’को सफलता चाख्न नपाउँदै अर्को फिल्म ‘तनु वेड्स मुन रिटर्नस’बाट पनि उस्तै स्वाद चाखेकी अभिनेत्री कंगना रनावत अहिले निकै खुसी छिन् । दुवै फिल्मले बक्स अफिसमा राम्रो व्यापार गरिरहँदा उनको अभिनयको तारिफ गर्ने संख्यामा पनि कमी छैन । यो दुवै सफलताको स्वाद चाखिरहे पनि उनीसँग जोडिएका केही विवादास्पद कुराहरू पनि बाहिर आएका छन् ।
उनीमाथि सुजोय घोषको फिल्मको सम्पादनमा हस्तक्षेप, निखिल आडवाणीको फिल्ममा संवाद लेखकको क्रेडिट आपूmतिर लिन र अर्की अभिनेत्री दीपिका पादुकोणसँग सम्बन्ध बिगारेको आरोप लागेको छ । तर, उनले सबै आरोपमा सफाइ दिँदै आफ्नो बचाव गरेकी छन् ।
समाचारअनुसार कृषिका लुलाले दिएको ‘तनु वेड्स मनु रिटर्नस’को सक्सेस पार्टीमा दीपिकाको आगमन हुनासाथ कंगना पार्टीबाट बाहिर निस्किएकी थिइन् । उनीहरूबीच केही समयअघि झगडा परे पनि कंगनाले दीपिकाको फिल्म ‘पीकू’को सक्सेस पार्टीमा सहभागिता जनाएर आपूmहरूबीच त्यस्तो कुनै नराम्रो सम्बन्ध नरहेको प्रस्ट्याउन खोजेकी थिइन् ।
दीपिकाले पनि यही कारणले कंगनाले बोलाएको ‘तनु वेड्स मनु रिटर्न्स’को सक्सेस पार्टीमा सहभागिता नजनाएर कंगनालाई दुःखी बनाएकी थिइन् । यसैकारण कृषिकाको पार्टीमा दीपिका पुग्नासाथ कंगना ‘हेलो’ भन्दै बाहिर निस्किएकी थिइन् । उनले मान्छेलाई आफ्नो सफलता नसुहाएकाले आफूले पार्टी छाडेको प्रतिक्रिया दिएकी थिइन् ।
‘अब मलाई लाग्न थाल्यो कि म फिल्म उद्योगको कोही व्यक्ति करियरलाई नोक्सान पु¥याउन सक्छु, मलाई थाहा छैन कि मानिस मेरो सफलतालाई किन समस्याका रूपमा लिन्छन् । म अहिले मनालीमा छु र मेरो परिवारको साथ समय बिताइरहेकी छु, मेरो बहिनी रंगोलीलाई फोन गरेर मानिस कंगनाले किन यस्तो गरिन् किन उस्तो गरिन् भनेर सोध्नेगर्छन्, जुन कुरा मेरा लागि अजिब बनेको छ ।’ कंगनाले भनेकी छन् । (एजेन्सी)

प्रतिक्रिया