मुम्बई । अश्लील वेबसाइट चलाएको आरोपमा प्रहरीमा आफूविरुद्ध एफआईआर दर्ता गरिएपछि इन्डो क्यानेडियन पोर्नस्टार तथा बलिउड अभिनेत्री सनी लियोन निकै तनावमा थिइन् । यही तनावको अवस्थामा उनी एमटिभीको ‘एमटिभी स्पिलिट्सविला’ को सेटमा हालै झुल्किइन् । भारतीय मनोरञ्जन उद्योगमा कलाकारविरुद्ध भइरहने हल्लाखल्लाले आजित सनी सोमा भने छिटै पुगेकी थिइन् ।
सोमबार बिहान ८ बजेपहिले नै सनी सोमा पुगेकी थिइन् । उनले ट्विटरमा आपूmलाई निकै निन्द्रा लागे पनि आफू सोको सेटमा नै रहेको ट्विटेकी थिइन् । यो ट्विट गरेको ठीक दुई घण्टापछि रिसाएको शैलीमा उनले पुनः अर्को ट्विट गरेकी थिइन् । ‘ती व्यक्तिसँग मेरो घृणा छ जो ढिलो गरी आउँछन् । म पनि अब आफ्नो व्यावसायिकतालाई भुलेर कार्यक्रममा ढिलो आऊँ जस्तो लाग्छ ।’ उनले ट्विटरमा लेखेकी थिइन् ।
यो सो यसअघि उनैले चलाएकी थिइन्, जुन निकै चर्चित बनेको थियो । यसपटक पनि उनको प्रस्तुतिले सो हिट हुनेमा सो निर्माण कम्पनी आशावादी छ । (एजेन्सी)
प्रतिक्रिया