लसएन्जलस । हलिउड अभिनेत्री एमिलिया क्लार्क आफ्नो प्रशंसकमाझ ‘ड्रेगन लेडी’को नामले परिचित छिन् । क्लार्क एचबिओमा प्रसारित हुने टेलिभिजन सो ‘गेम्स अफ थ्रोन्स’मा ड्रेगन लेडीको भूमिकामा अभिनय गर्छिनन् ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार २९ वर्षीया अभिनेत्री हालै लन्डनको एक स्थानीय दोकानमा सामान खरिद गर्न जाँदा उनलाई प्रशंसकले ‘ड्रेगन लेडी’ भन्दा उनी निकै खुसी भएकी थिइन् । ‘गेम्स अफ थ्रोन्स’मा एमिलिया डेनेरिस टागैरयिन नामक पात्रको भूमिकामा छिन्, जो तीन ड्रागनलाई बसमा राख्न सक्छिन् ।
‘जब म स्टोरमा गए, तब सबैले मलाई ड्रेगन भने, मैले जवाफमा उनीहरूलाई अभिवादन गरे अनि के मलाई दूधको प्याकेट मिल्छ भनेर साहुजीलाई सोधेँ,’ उनले भनेकी छन् । (एजेन्सी)
प्रतिक्रिया