तमिल फिल्ममा युएई सुन्दरी

Nibethaचेन्नई । मिस इन्डिया युएई निवेथा पेथुराजले तमिल फिल्म ‘ओरु नाल कोथु’मार्फत अभिनयमा डेब्यु गर्ने भएकी छन् । फिल्मका निर्देशक नेल्सनका अनुसार राम्रो तामिल भाषा बोल्नु र सुन्दर अनुहारका कारण निवेथा फिल्ममा अभिनय गर्न राजी भएकी हुन् ।
निवेथाले यसै वर्षको सुरुआतमा ‘मिस इन्डिया युएई’को उपाधि चुमेकी थिइन् । ‘हामी राम्रो तमिल भाषा बोल्ने र रूपले पनि सुन्दर नायिकाको खोजीमा थियौँ, एक साथीको माध्यमले निवेथासँग हाम्रो भेट भयो र उनीसँग अभिनयको प्रस्ताव राखेपछि उनले सहजै स्वीकार गरिन्’, निर्देशक नेल्सनले भनेका छन्, ‘उनी तमिलमूलकी हुन् र १३ वर्षदेखि दुबईमा बस्दै आएकी छन् । उनी तमिल राम्रो तरिकाले बोल्छिन् । यो फिल्ममा उनी अट्टाकथी दिनेशको प्रेमिकाको भूमिकामा छिन्, जो सफ्टवयर इन्जिनियर हुन्छिन् ।’ यो फिल्ममा मलयाली अभिनेत्री मिया जर्ज पनि काम गर्दै छिन् । (एजेन्सी)

प्रतिक्रिया