लसएन्जल्स । दिवंगत पप किङ माइकल ज्याक्सनको पुरानो घर नेवरल्यान्ड रोचको बिक्री हुने भएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार सिकेमोर वैली रोचको नामले प्रसिद्ध यो घर २ हजार ७ सय एकड जमिनमा बनेको छ, जसको बिक्री मूल्य १० करोड अमेरिकी डलर तोकिएको छ ।
यसमा रहेको चिडियाघरको जनावरलाई हटाइएको छ तर पुष्प घडी र ट्रेन स्टेसन अझै त्यही छ । सान्ता बारबारादेखि करिब ४० किलोमिटर टाढा लसओलिवोमा रहेको यो घरमा १५ शयन कक्ष र दुई अतिथि गृहसहित २२ भवन छन् । यो घर १२ हजार वर्ग फुटको रहेको छ ।
ज्याक्सनले यो घर सन् १९८७ मा १ दशमलब ९५ करोड डलरमा किनेका थिए । यो घरमा ५० सिट भएको फिल्म थिएटर पनि छ । यो घरमा ज्याक्सनविरुद्ध बाल यौन उत्पीडनको आरोप लागेपछि छानबिन गरिएको थियो । (एजेन्सी)
प्रतिक्रिया