काठमाडौं । एक महिनाअघि आएको विनाशकारी भूकम्पको पीडाले देश रोइरहेको समयमा विगत आठ वर्ष अगाडिदेखि बेलायतमा बस्दै आएकी गीतकार जानु काम्बाङ लिङ्देनले भूकम्पसम्बन्धी गीत लिएर श्रोतामाझ आएकी छन् ।
माता समरोति लिम्बू र पिता टेकबहादुर लिम्बूको जेठी छोरीका रूपमा ताप्लेजुङ इखाबुमा जन्मेकी गीतकार जानु २० वर्षअघि हङकङ हुँदै बेलायतमा बस्दै आएकी छिन् ।
गीतकार लिङ्देनको शब्दमा रचित ‘भूकम्प गीत’मा शिखर सन्तोषको संगीत र रामकृष्ण ढकालको स्वर रहेको छ । उक्त गीत नेपालमा रेकर्डिङ भए पनि विमोचन भने बेलायतकै एक रेडियोमार्पmत गरिने गीतकारले बताइन् ।
समाजसेवी र साहित्यकारको पृष्ठभूमि समेत बोकेकी उनी हङकङ नेपाली समाज युकेको सदस्य पनि हुन्, जुन संस्थामार्पत गोरखा, दोलखालगायतका भूकम्पपीडित नेपालीलाई सहयोगसमेत गरिसकेको छ ।
आगामी असोजसम्म थ्रिजी साउन्डमार्पत बजारमा आउन लागेको यो गीत नयाँ एल्बममा समेटिएर आउनेछ । यो एल्बममा पाँच वटा गीतमा ताराप्रकाश लिम्बूको संगीत र प्रमोद खरेल, हेमन्त शर्मा, रेजिना रिमाल, मेलिना राईको स्वर रहेको छ । (सौस)
प्रतिक्रिया