झाँगााझिट्टीमा घुम्ती स्वास्थ्य शिविर

काठमाडौं, १२ जेठ । अखिल नेपाल जनस्वास्थ्यकर्मी महासङ्घले काठमाडौंको झाँगाझिट्टीमा आज घुम्ती स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।

त्यस क्षेत्रका दहचोक, सुवेदी गाउँ, मगर गाउँ र दलित बस्तीमा आयोजित दुईदिने निःशुल्क शिविरमा झाँगाझिट्टीमा १५० जना, सुवेदी गाउँ र मगर गाउँमा ११०, दलित बस्तीमा ९५ जनाको निःशुल्क स्वास्थ्य जाँच तथा औषधि वितरण गरिनाका साथै १२ जनाको भिडियो एक्सरे गरिएको महासङ्घका केन्द्रीय अध्यक्ष तथा स्वास्थ्य शिविरका प्रमुख डम्बर रावलले बताए ।

शिविरमा जापानबाट आएका चिकित्सक इसिदा, स्वास्थ्यकर्मी गोविन्द विष्ट, लक्ष्मी विष्ट र विनोद रावल, सहयोगी मीनबहादुर विष्ट, उपस्वास्थ्य चौकी दहचोकका इन्चार्ज चक्रबहादुर शाहीलगायतले सेवा प्रदान गरेका थिए ।

भूकम्पका कारण चोटपटक लागेका, खुला आकाशमा बस्न बाध्य भएका कारण ज्वरो, पेट र छालाका बिरामी बढी भएको बताइएको छ ।

भूकम्पपछि गाउँमा शौचालयकोे समस्या भएकाले आगामी दिनमा अरू रोग फैलिन सक्ने महासङ्घका अध्यक्ष रावलले बताए ।

प्रतिक्रिया