दुई सन्तान त्यागेर आइएसमा भर्ती हुन सिरिया

Ladyसिड्नी । एकजना अस्ट्रेलियाली महिला आफ्ना दुई सन्तान नै त्यागेर इस्लामिक स्टेट (आइएस) मा भर्ती हुन सिरिया पुगेकी छन् ।

आफ्ना दुई साना सन्तानलाई त्यागेर उनी भर्ती हुनका लागि सिरिया पुगेकी प्रहरी अनुसन्धानबाट खुलेको छ । उनले आफ्नो यो अभियानलाई नयाँ जीवनको खोजीको संज्ञा दिएको रहस्य पनि प्रहरी अनुसन्धानबाट खुलेको बताइएको छ ।

अस्ट्रेलियाली सञ्चारमाध्यमहरूले यो समाचार मङ्गलबार सार्वजनिक गरेका छन् ।

उनीहरूकाअनुसार यसरी अस्ट्रेलियाबाट भागेर सिरिया पुग्ने अस्ट्रेलियाली नागरिकको संख्या कम्तीमा पनि १०० पुगेको छ ।

सिड्नी डेली टेलिग्राफले मङ्गलबार दिएको समाचारअनुसार २६ वर्षकी जस्मिना मिलोनोभ नाम गरेकी ती महिला आफ्ना साना दुई सन्तानलाई सिड्नीमा नै छोडेर त्यहाँ पुगेको बताइएको छ ।

उनले आफ्ना पाँच र सात वर्षका ती बालबालिकालाई शिशु स्याहार केन्द्रमा छोडेर सिरिया भागेको खुलेको छ । कम्तीमा पनि एक महिना पहिला उनले आफ्ना सन्तानलाई सो केन्द्रमा छोडेकी थिइन् ।

आफ्ना बच्चाका बारेमा जानकारी लिन ती महिलाका श्रीमान्ले आफ्नी श्रीमतीलाई सम्पर्क गरेका थिए । उनीहरूबीच विगत लामो समयदेखि वार्तालाप भएको थिएन ।

पछि ती महिलाले आफूले बालबालिकालाई शिशु स्याहार केन्द्रमा छोडेर आफु सिरिया आइपुगेको जानकारी मोबाइलमार्फत सन्देश पठाएर गराएकी थिइन् ।

उनले आफुलाई अझै पनि श्रीमतीले आफ्ना ती लालाबालालाई छोडेर यस्तो क्रुर काममा लाग्छिन् भन्नेबारेमा विश्वास नभएको बताएका छन् ।

साथै केही समयअघिमात्र उनले आफ्नो छोरालाई फोन गरेका र फोनमा ती बालकले आफ्नी आमासँगै रहेको र सकुशल रहेको जानकारी दिएका थिए ।

पछिल्लो समयमा यसरी युरोपका कयौँ देशबाट युवा युवतीहरू आइएसमा भर्ती हुनका लागि देश छोडेर सिरिया जाने गरेका समाचारहरू आइरहेका छन् ।

केही दिनमात्र अघि पनि क्यानाडाको प्रहरीले केही युवायुवतीलाई सिरिया भाग्न लागेको अवस्थामा पक्राउ गरेको थियो ।

प्रतिक्रिया