सनीविरुद्ध मुद्दा

sunnyमुम्बई । इन्डो–क्यानेडियन पोर्न स्टार तथा बलिउड अभिनेत्री सनी लियोनविरुद्ध निजी अनलाइन सार्वजनिक गरेर समाजमा अश्लीलता बढाएको आरोप लगाउँदै एक सामाजिक अभियन्ताले मुद्दा दायर गरेका छन् । दोम्भीबालीका ती अभियन्ताले सनी र केही अज्ञात मानिसविरुद्ध अनलाइनमा पोर्न भिडियो राखेको आरोप लगाउँदै मुद्दा दायर भएको हो ।
भारतीय सञ्चारमाध्यमका अनुसार सनीविरुद्ध दायर मुद्दामा उनले भारतीय समाजको मर्यादालाई सनीको क्रियाकलापले भत्काएको उल्लेख गरिएको छ । स्थानीय रामनगर प्रहरीमा दायर भएको मुद्दामा सनीलाई भारतीय प्यानल कोडअन्तर्गतको सेक्सन २९२, २९२ ए, २९४ र ३४ तथा इन्डिसेन्ट रिप्रेजेन्टेसन अफ वुमन्स् एक्ट एन्ड सेक्सन ६७ अफ इन्फरमेसन टेक्नोलोजी एक्ट २००० को सेक्सन ३ र ४ अनुसार कारबाही गरियोस् भनी उल्लेख गरिएको छ । रामनगर प्रहरीका सिनियर पुलिस इन्स्पेक्टर सुनिल शिवरकरले उक्त मुद्दालाई थप प्रमाण जुटाउनका लागि थाने साइबर सेलमा पठाइएको जनाए । (एजेन्सी)

प्रतिक्रिया