तँ, म र ऊको च्यारिटी

neetaकाठमाडौं । विनाशकारी महाभूकम्पमा परेका पीडितको सहयोगार्थ फिल्म ‘तँ म र ऊ’को च्यारिटी शो हुने भएको छ । श्रद्धा फिल्म्सको ब्यानरमा निर्माण भएको फिल्म मलेसियाको विभिन्न सहरमा च्यारिटी गरिने भएको हो ।
फिल्मका निर्माता तया नायक सुदिन प्रसाईंका अनुसार मलेसियाको विभिन्न आधा दर्जन बढी सहरमा च्यारिटी शो गरिनेछ । त्यहाँको च्यारिटीबाट उठेको रकम भूकम्पपीडितको आवास निर्माणमा खर्च गरिने प्रसाईंले बताए ।
नवराज प्रसार्इंको निर्माण र सुदिन प्रसाईंको लेखन, प्रस्तुति रहेको फिल्ममा नीता ढुंगाना, कविन्द्रराज पुरी, दिनेश डिसी, प्रभाकर श्रेष्ठ, अञ्जना आरसी, पूर्णिमा क्षेत्रीसहित बालकलाकार राजेन्द्र बस्नेत, रोजिना अधिकारीलगायतका कलाकारको अभिनय रहेको छ ।
जोमसोम, कागबेनी, मुक्तिनाथ र काठमाडौंमा छायांकन गरिएको फिल्मकी निर्देशक लछु गौतम हुन् । फिल्म साउनमा रिलिज हुनेछ । (सौस)

प्रतिक्रिया