प्राविधिकलाई राहत

rahatकाठमाडौं । गत वैशाख १२ गते गएको भूकम्पका कारण पीडित बनेका फिल्म क्षेत्रका प्राविधिकहरूलाई बिहीबार राजधानीमा राहत वितरण गरिएको छ । भूकम्पबाट प्रभावित प्राविधिकलाई गोपीकृष्ण प्रालि र नेपाल चलचित्र प्राविधिक संघले संयुक्त रूपमा राहत वितरण गरेका हुन् ।
पीडित प्राविधिकहरूलाई खाद्यान्न, त्रिपाल र लत्ताकपडा वितरण गरिएको थियो । गोपीकृष्ण मुभिजका संस्थापक अध्यक्ष उद्धव पौडेल, प्राविधिक संघका अध्यक्ष मनोज केसी, उपाध्यक्ष पुष्कर लामा, प्रकाश महरा र महासचिव अनन्त तिमिल्सिनालगायतले राहत वितरण गरेका थिए ।
अध्यक्ष केसीका अनुसार संघलाई दुर्गिस फिल्म्सले ३० त्रिपाल र अन्तर्राष्ट्रिय कलाकार समाज, अभिनेत्री करिश्मा मानन्धर, निर्देशक आकाश अधिकारी र पञ्चशिल मस्जिदले चामल उपलब्ध गराएको थियो । भूकम्पले सिन्धुपाल्चोक, नुवाकोट, दोलखा र काभ्रे घर भएका प्राविधिकहरू पीडित बनेका छन् । (सौस)

प्रतिक्रिया