तीन महिनादेखि कोमामै

BObyलसएञ्जल्स । हलिउड रियालिटी टिभी पर्सनालिटी तथा गायिका बबी क्रिस्टिना ग्राउन अभैm स्वस्थ हुन सकेकी छैन् । तीन महिनाअघि जर्जियास्थित घरको बाथरुममा बेहोस अवस्थामा भेटिएकी उनी त्यो समययता अस्पतालमा उपचाररत छिन् ।
उनकी हजुरआमा सिसी हसटनका अनुसार उनको अवस्था स्थिर रहेको छ । ‘उनको स्वास्थ्यमा सुधारको केही संकेत देखिएको छैन,’ सिसीले भनेकी छन्, ‘तीन महिनाको अवधिमा स्वास्थ्य सुधारको कुनै संकेत छैन ।’
बबी ब्राउन र स्वर्गीय गायिका विट्ने हसटनकी २२ वर्षीया छोरी बबी क्रिस्टिना तीन महिनादेखि कोमामै छिन् । ‘भगवान्ले जे निर्णय गर्छन्, त्यही स्वीकार्न म तयार छु, त्यो बाहेक मैले उनका लागि अरू केही गर्न सक्दिनँ ।’ ८१ वर्षे सिसीले भनेकी छन् ।
बबी क्रिस्टिनाको परिवार उनलाई राखिएको जर्जिया अस्पतालमा नियमित गइरहन्छन् । ‘हामी नियमित रूपमा अस्पताल गएर उनको लागि प्रार्थना गरिरहेका छौँ, उनी सबैको कुरा सुन्छिन् तर प्रतिक्रिया दिन सक्दिनन् ।’ हजुरआमा सिसीले भावुक हुँदै
भनिन् । (एजेन्सी)

प्रतिक्रिया