काठमाडौं । केही साताअघि भूकम्पपीडितलाई खाद्यान्न तथा अन्य राहत दिन सिन्धुपाल्चोक पुगेका अभिनेता आर्यन सिग्देल यो साता भने सिन्धुलीमा भेटिए । भूकम्पपीडितको स्वास्थ्य अवस्थालाई ख्याल गर्दै उनी सुवास ग्रुप अफ कम्पनीसँग मिलेर सिन्धुलीको दुधौली हेल्थपोस्टमा औषधि बाँडिरहेका थिए ।
स्थानीय जनतालाई निःशुल्क औषधि उपलब्ध गराउने उद्देश्यले चलचित्र पत्रकार संघसँग सहकार्य गर्दै कम्पनीले हेल्थपोस्टमा करिब १० लाख बराबरको औषधि वितरण गरेको थियो । कम्पनीका अध्यक्ष तथा फिल्म निर्माता सुवास गिरी र अभिनेता सिग्देलले विभिन्न ७७ प्रकारका औषधि स्थानीय बासिन्दाको उपस्थितिमा हेल्थपोस्टका प्रतिनिधिलाई हस्तान्तरण गरेका थिए ।
निर्माता तथा सुवास ह्युमन रिसर्चका प्रमुख गिरीले आपूmले आउँदा दिनमा पनि सिन्धुलीका लागि सहयोग गर्ने बताए । सिन्धुली भूकम्पबाट खासै प्रभावित नभए पनि त्यहाँ सर्पको टोकाइबाट धेरैको ज्यान जाने गरेको छ । जसकाकारण पनि स्थानीयले निर्माता र नायकसँग सर्पले टोकेपछि प्रयोग गर्ने औषधि माग गरेका थिए । नायक सिग्देलले स्थानीय जनताले आपूmलाई दिएको मायाले खुसी भएको बताए । यसअघि यो टोलीले सिन्धुपाल्चोक, रसुवा, दोलालघाट पुगेर भूकम्पबाट प्रभावित बनेकालाई राहत वितरण गरिसकेको छ ।
यो कार्यमा सहकार्य गर्दै सुवास ह्युमन रिसर्च, इन्टरनेसनल म्यानपावर रिक्वाएरमेन्ट, स्यामयोग ओभरसिज, सुवास इन्टरटेन्मेन्ट, आर्यन सिग्देल इन्टरटेन्मेन्ट, हाइली हाइ इन्टरटेन्मेन्ट, फ्युजन पोलिक्लिनक एन्ड डाइग्नोसिज सेन्टर, मलेसिया इलिट डिजयास्टर रेस्क्यु फाउन्डेसन, पोटला ओभरसिज, असम म्यानपावर, वनसुरिया रिसर्चले पनि सहयोगी हात अगाडि बढाएको हो । (सौस)
प्रतिक्रिया