धरहरा–सुन्धारा संरक्षण समितिका सचिव गौतम डंगोलले सेतोपाटीमा धरहरा हत्याकाण्डको रहस्य खुलासा गरेका छन् ।
धरहरा भत्किदा एक सय ५५ जनाले ज्यान गुमाए । यो नरसंहारको सूत्रपात ०५५ साल कात्तिक १ गतेको मन्त्रिपरिषद्को निर्णयबाट भएको रहेछ । त्यो निर्णयले श्री ५ को सरकार
(हाल नेपाल सरकार) को मातहतमा रहेको धरहरा काठमाडौं महानगरपालिकाअन्तर्गत आएको रहेछ । यसरी ल्याउने खेलाडी रहेछन्, केशव स्थापित ।
काठमाडौं महानगरपालिकाका तत्कालीन मेयर स्थापितको प्रयासमा निजी क्षेत्रको कम्पनी ‘साइड वार्कस प्रालि’ सँग सम्झौता गरेर धरहरा निजी क्षेत्रलाई दिइएछ पछिल्लोपटक महानगरपालिकाका तत्कालीन कार्यकारी अध्यक्ष केदारबहादुर अधिकारीले ०६८ माघ २२ गते ‘साइड वार्कस प्रालि’ लाई धरहरा सञ्चालनका लागि सम्झौता नवीकरण गरेका रहेछन् । प्रालिका तर्पmबाट सिद्धबहादुर गुरुङ नाम गरेका व्यक्तिले हस्ताक्षर गरेका रहेछन् ।
पहिलो कुरा, बिगुल फुकेर जनतालाई सूचना दिन बनाइएको धरहरामा मान्छे चढाएर व्यापार गर्नु नै गलत थियो । दोस्रो, सम्झौतामा एकपटकमा १५ जनासम्म चढाउन पाइने भनिएकोमा भूकम्पमा परेर एक सय ५० जनाको निधन भएकोबाट प्रष्ट हुन्छ त्यहाँ सयौँ मानिस एकैचोटी चढाइएको थियो । जुनसुकै बेला ज्यान जान सक्ने पूर्वानुमान हुँदाहँदै गरिएको योजनाबद्ध अपराध थियो यो ।
यो अपराधमा को–को जिम्मेवार रहेछन् ?
१. २०५५ साल कात्तिकमा कायम रहेको नेपालको मन्त्रिपरिषद् ।
२ तत्कालीन मेयर केशव स्थापित र काठमाडौं महानगरपालिका ।
३ धरहराको व्यापार गर्न अघि सरेको ‘साइड वार्कस प्रालि’ ।
प्रतिक्रिया