गोरखा । वैशाख १२ गतेको भूकम्पमा परी घाइते भएकाका लागि यहाँको मनकामना मन्दिर परिसरमा फिल्म निर्माण कम्पनी पुनम इन्टरटेनमेन्ट प्रालिले टिएमएस मेडिकल कलेज बंगलादेश र इजी पिपुल सप्लायर्सको सहकार्यतामा निःशुल्क स्वास्थ्य शिविर गरेका छन् । शिविरमा सयभन्दा बढी बिरामीको स्वास्थ्य परीक्षण गरिएको थियो ।
बंगलादेशी प्रोफेसर डा.महाबुब्बुर रहिमको अगुवाइमा नेपाली नर्सहरूको टोलीले सञ्चालन गरेको शिविरमा विभिन्न समस्या भएका बिरामीको स्वास्थ्य जाँच गरिएको पुनम इन्टरटेन्मेन्टकी अध्यक्ष पुनम क्षत्री गौतमले बताइन् ।
डा. रहिमले महाविपत्तिको बेला नेपाल आएर आपूmले जानेको सेवा प्रदान गर्न पाउँदा निकै खुसी लागेको बताए । बंगलादेशको बोगरास्थित टिएमएस मेडिकल कलेजमा करिब सयको हाराहारीमा नेपाली विद्यार्थी अध्ययनरत छन् ।
शिविरमा अभिनेत्री गौरी मल्ल, निमात्री पुनम क्षत्री गौतम, इजी पिपुलका कुशल नहर्कीको सहभागिता थियो भने स्थानीय बासिन्दा र स्वयंसेवकहरू सक्रिय भएर लागेका थिए ।
टोलीले धादिङको बुङचु तथा गोरखा मनकामनामा ब्ल्यांकेट, झुल, बिस्कुट, लत्ताकपडा, बालबालिकाका आहार तथा औषधिलगायत सामग्रीसमेत वितरण गरेको थियो । (सौस)
प्रतिक्रिया