दोस्रोपटक अलग

Codyलसएन्जल्स । व्यस्त कार्यतालिकाले मान्छेको जिन्दगीमा ठूलो असर पु¥याउँछ । अमेरिकी फेसन मोडल तथा टेलिभिजनकर्मी गिगी हाडिड र अस्ट्रेलियन पप गायक तथा अभिनेता कोडी सिम्पसनको जिन्दगीमा यस्तै भएको छ । व्यस्त समयका कारण उनीहरूको जोडी दोस्रोपटक टुटेको छ ।
‘अहिलेको अवस्थामा कोडीले संगीतलाई र गिगीले आफ्नो क्यारियरलाई ध्यान दिएका कारण उनीहरू अलग भएका छन्’, गिगीकी प्रतिनिधिले अन्तर्राष्ट्रिय सञ्चारमाध्यमलाई भनेकी छिन्, ‘भविष्यमा पनि सँगै भेटिने सम्भावनालाई मध्यनजर राख्दै उनीहरू अहिले चाहिँ कार्यव्यस्तताले छुट्टिएका हुन्, उनीहरू अब केबल साथी मात्र हुनेछन् ।’
‘असिई’ पपस्टारले हालै एक पत्रिकामा हाडीडसँगको सम्बन्धबारे अन्तर्वार्ता दिएका थिए । ‘उनी जहिल्यै मेरो घरमा आउँथिइन् र हामी बाहिर घुम्न जान्थ्यौँ, ‘मैले लेखेका हरेक गीत उनकै घर अगाडि कोरिएका हुन्’, उनले भनेका छन्, ‘हाडिड प्रायः न्युर्योकमा मात्र बस्थिइन्, ‘उनको त्यो बसाइले मलाई दिक्क लगाउँथ्यो । किनकि, तपाईंलाई थाहा होला एकै ठाउँमा धेरै बस्दा जोकोही पनि दिक्क मान्छ ।’
यो जोडी सन् २०१४ को मेमा एक वर्षको डेटिङपछि छुट्टिएका थिए । त्यसको ६ महिना बित्न नपाउँदै उनीहरू पुनः प्रेम जोडीका रूपमा बाहिर देखिए । (एजेन्सी)

प्रतिक्रिया