काठमाडौं । गत वैशाख १२ गते नेपालमा गएको भूकम्पका पीडितलाई सहयोग गर्न अन्तर्राष्ट्रिय सेलिब्रेटीहरू सक्रिय भएर लागेका छन् । कसैले सहयोगका लागि आह्वान गरेका छन् त कसैले आफैंले पैसा सहयोग गरिरहेका छन् ।
यसै क्रममा प्रख्यात चिनियाँ तथा हलिउड अभिनेता ज्याकी चानले गत शनिबार सिंगापुरमा आयोजित कार्यक्रममा भूकम्पपीडितका लागि एक लाख सिंगापुर डलर सहयोग दिएका छन् ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार भूकम्पपीडितको सहयोगका लागि आयोजना गरिएको ‘नेपाल अर्थ क्वायाक रिलिफ फन्ड’ मा छोटो समयलाई उपस्थिति जनाएका ज्याकीले १ लाख सिंगापुर डलरको चेक सिंगापुर रेडक्रसका पदाधिकारीलाई हस्तान्तरण गरेका हुन् ।
‘नेपालमा गएको भूकम्पबाट म निकै दुःखी छु, मैले पाएको सन्देशअनुसार भूकम्प जानासाथ मेरो देश र नेपालको सम्पर्क भइसकेको छ’, ज्याकीले कार्यक्रममा भने, ‘हामीले त्यहाँ पठाउन लागेका सबै समान तयारी अवस्थामा छन्, म आफँै नेपाल गएर त्यहाँका पीडितलाई सहयोग गर्न चाहन्छु ।’
प्रतिक्रिया