डब्लुटिएफ कंग्रेसमा नेपालबारे छलफल हुने

taekwondo-3काठमाडौं, २८ वैशाख । अन्तर्राष्ट्रिय प्रतियोगिताको तयारीमा रहेको नेपाल पछि हटेको छ । रुसको मस्कोमा हुन लागेको विश्व तेक्वान्दो महासंघको साधारणभसाले नेपालले विडिङ नगर्ने भएको छ । साथै कांग्रेस र विश्व च्याम्पियनसीपमा नेपालको सहभागिता नहुने निश्चित भएको छ । ‘नेपालको भूकम्पपछिको असहज वातावरणले सहभागी हुन नसक्ने जानकारी गराएका हौँ ।’ यसबीचमा ठूला प्रतियोगिता आयोजना गर्नु पनि कठिन कार्य हो । नेपाल तेक्वान्दो संघका अध्यक्ष प्रकाश शमशेर राणाले भने ।

हाल नेपाल तेक्वान्दो संघका प्रशिक्षक र खेलाडी भूकम्पपीडित क्षेत्रमा स्वयंसेवकको रूपमा काम गरिरहेका छन् । कांग्रेसमा नेपालको प्राकृतिक विपत्ति र यसमा हुन सक्ने सहयोगबारे छलफल हुनेछ । अध्यक्ष राणाले दिएको जानकारीअनुसार हङकङ, लन्डन, पोर्चुगल र फिलिपिन्सलगायत देशबाट सहयोगको कुरा आइसकेको भए पनि कत्ति सहयोग हुने भन्ने टुंगोचाहिँ कगं्रेसमा लाग्नेछ ।
कंग्रेस र विश्व च्याम्पियनसीप दुवैबाट हात झिकेको घरेलु तेक्वान्दो संघले ३० लाख रुपैयाँ बराबरको सहयोगको अपेक्षा गरेको छ । अन्तर्राष्ट्रिय निकायबाट सहयोग प्राप्त भएपछि नेपाल तेक्वान्दो संघले थप गरेर भूकम्पपीडितका लागि खर्च गर्ने जनाइएको छ । नेपालले यसअघि नै एसियाली महासंघसमक्ष भवन निर्माणका लागि सहयोग गर्न अपिल गरेको थियो ।
आठौँ दक्षिण एसियाली खेलकुदमा नेपाललाई १४ स्वर्ण पदक दिलाएका मीन थापाकै प्रशिक्षणमा नेपाली टोलीले तयारी गरेको थियो । ‘ विश्व च्याम्पियनसीप गुमाउनु पर्दा हामी दुखित छौँ । तर, हाम्रासामु योभन्दा अन्य कुनै विकल्प थिएन’, अध्यक्ष राणाले भने ।

प्रतिक्रिया