आइपिएल रोचक मोडमा

ipl1कोलकाता, २८ वैशाख । इन्डियन प्रिमियर लिग क्रिकेट (आइपिएल) को शनिबार भएको खेलमा कोलकाता नाइट राइडर्स र सनराइजर्स हैदरावादले जित हात पारे । जितसँगै कोलकाता नाइट राइडर्स शीर्ष स्थानमा र हैदरावाद चौथो स्थानमा उक्लिएको छ । कोलकाताले किङ्स इलाभेन पञ्जाबमाथि एक विकेटको सनसनीपूर्ण जित हासिल गर्‍यो । टस जितेर पहिले ब्याटिङ गरेको पन्जाबले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर १८३ रन जोडेको थियो । कोलकाताले एक बल बाँकी रहँदा नौ विकेटको क्षतिमा लक्ष्य पूरा ग¥यो । पन्जाबका लागि उत्कृष्ट ब्याटिङ गर्दै ग्लेन म्याक्सवेलले सर्वाधिक ४३ रनको योगदान दिए । उनले २२ बलको सामना गर्दै चार चौका र तीन छक्का प्रहार गरे ।

पन्जाबका ओपनरले पहिलो विकेटको लागि ४५ रनको साझेदारी गरेका थिए । ओपनर मुरलि विजयले सुनिल नारयनको बलमा बोल्ट आउट हुनुअघि २८ रन जोडे । पन्जाबको शुरुआति चार ब्याट्सम्यानलाई पभेलियनको बाटो देखाउँदै नारयनले पन्जाबको रनको गतिलाई रोक्ने प्रयास गरे । पन्जाबका मनन बोहरा (३९) र रिद्धिमान शाह (३३) रनमा आउट भए । डेबिड मिलरले पन्जाबका लागि ११ बलमा अविजित २७ रनको योगदान दिए । उनले दुई चौका र दुई छक्का प्रहार गरे ।
कोलकाताको बलिङतर्प सुनिल नारयनले सर्वाधिक चार विकेट लिए । उमेश यादवले एक विकेट हात पारे ।कुल १८४ रनको लक्ष्य कोलकाताले नौ विकेट गुमाएर १९.५ ओभर पूरा ग¥यो । कोलकाताका अलराउन्डर आन्द्र रसलले सर्वाधिक ५१ रनको योगदान दिए । रसलले २१ बलको सामना गर्दै पाँच चौका र चार छक्का प्रहार गरे । कोलकाताले ३१ रन जोड्दा पहिलो विकेटको रूपमा रोविन उथप्पालाई गुमाएको थियो । उनी १७ रन बनाएर आउट भए । त्यस्तै कोलकाताका लागि कप्तान गौतम गम्भीर(२४), मनीष पान्डे(२२), युुसुफ पठान (२९) र पीयुष चावला (१९) रन बनाएर आउट भए ।
पन्जाबको बलिङतर्फ अनुरित सिंह र गुरकिरत सिंहले समान २–२ विकेट लिए । त्यस्तै बेउरन हेन्ड्रिक,अक्क्षर पटेल र ग्लेन म्याक्सवेलले १–१ विकेट हात पारे ।त्यस्तै अर्को खेलमा सनराइजर्स हैदरावाद चौथो स्थानमा उक्लिएको छ । दिल्ली डेयरडेभिल्सलाई ६ रनले हराउँदै हैदरावाद चौथो स्थानमा उक्लिएको हो । टस जितेर पहिले ब्याटिङ गरेको हैदरावादले २० ओभरमा चार विकेट गुमाएर १६३ रन बनायो । हैदरावादका लागि मोसेस हेनरिक सर्वाधिक रन बनाउँदै ७४ रनमा अविजित रहे । उनले ४६ बलमा एक चौका र पाँच छक्का प्रहार गरे ।
त्यस्तै हैदरावादको लागि इयान मोर्गन(२२), रवि बोपारा(१७), र डेविड वार्नर(१७) बनाएर आउट भए । यसअघि हैदरावादले पहिलो विकेटको रूपमा शेखर धवन(१३) रनमा गुमाएको थियो ।डिल्लीको बलिङतर्पm कुल्टर नाइलेले सर्वाधिक दुई विकेट लिए । जयन्त यादव र जाहिर खानले समान १–१ विकेट हात पारे । जवाफमा १६४ रनको लक्ष्य पछ्याएको दिल्ली १५७ रनमै समेटियो ।
दिल्लीका केदार जाधवले अविजित ६३ रनको योगदान दिए । उनले उत्कृष्ट ब्याटिङ गर्दै आठ चौका र एक छक्का प्रहार गरे । दिल्लीका ओपनर क्विन्टन डिककले ५० रनको योगदान दिए । उनको पारीमा नौ चौका र एक छक्का समावेश थियो । त्यस्तै दिल्लीका लागि शौरभ तिवारीले अविजित (२६) र कप्तान जेपी डुमिनीले(१२) रन बनाउनुबाहेक अन्य ब्याट्सम्यानले दोहोर अंकमा रन बनाउन सकेनन् ।
हैदरावादको बलिङमा करन शर्माले सर्वाधिक दुई विकेट लिए । त्यस्तै परवेभ रसुल र विनय कुमारले समान १–१ विकेट हात पारे । जितपछि कोलकाता शीर्ष स्थानमा उक्लेको छ । चार अंकको फरकमा ६ टोली रहेका छन् ।

प्रतिक्रिया