भूकम्पपीडित दुई सय बढीको शल्यक्रिया

चितवन, २७ वैशाख । भूकम्पबाट घाइते भएका चितवन र अन्य जिल्लाबाट चितवन आएका २ सय ७६ जनाको शल्यक्रिया गरिएको छ ।

भरतपुरस्थित दुई वटा सरकारी अस्पताल, दुई वटा शिक्षण अस्पताल र नौ वटा निजी अस्पतालमा ती घाइतेको शल्यक्रिया भएको हो ।

जिल्ला जनस्वास्थ्य कार्यालयका अनुसार जिल्लाका अस्पतालले ६ सय २९ भूकम्पका घाइतेको उपचार गरिसकेका छन् । उपचारपछि ४ सय ७४ जना घर फर्केका छन् ।

भूकम्पमा परी चितवनमा ९५ जना घाइते भएका थिए भने आठ जनाको मृत्यु भएको थियो ।

प्रतिक्रिया