श्रद्धा नयाँ ड्रिम गर्ल

Shraddhaमुम्बई । बलिउडमा हेमा मालिनीलाई ‘ड्रिम गर्ल’का रूपमा चिनिन्छ । तर, अहिले उनी फिल्मभन्दा बढी राजनीतिमा सक्रिय छिन् । यसैकारणले पनि हुनसक्छ हेमा आफ्नो ‘ड्रिम गर्ल’ पदवी कोही अरूलाई दिन चाहिन्छन् ।
भारतीय सञ्चारमाध्यमका अनुसार हेमाले आफ्नो पदवीको दाबेदार अभिनेत्री श्रद्धा कपुर मात्र हुने जनाएकी छन् । ‘अहिलेको पुस्तामा श्रद्धा नै सबैभन्दा राम्री अभिनेत्री हुन् ।’ हेमाले भनेकी छन् । अभिनेत्री श्रद्धाले हेमाले आफ्नो प्रशंसा गरेकोमा निःशब्द रहेको उल्लेख गरेकी छन् ।
शक्ति कपुरकी छोरी श्रद्धाले आफ्नो एक्टिङ करियर फिल्म ‘तीन पत्ती’मा छोटो भूमिका गरेर सुरुआत गरेकी थिइन् । यसपछि उनी ‘लभ का द एन्ड’मा आइन् । तर, उनलाई फिल्म ‘आशिकी २’ले रातारात स्टार बनाइदियो । यो फिल्मबाट उनले फिल्म फेयर अवार्डमा उत्कृष्ट अभिनेत्रीको अवार्ड पनि पाइन् । (एजेन्सी)

प्रतिक्रिया